सन्१९९९ डिसेम्बर २४ तारिखका दिन, ८ दिनसम्म अपहरणमा परेको इन्डियन एयरलाइन्स आइ.सी.–८१४ को विमानभित्र के कस्ता घटनाहरू घटे, प्रस्तुन छ, त्यसमा यात्रा गर्नुभएका एकजना भारतीय नागरिकको अनुभवमा आधारित एउटा अत्यन्तै कहालीलाग्दोतर सुखद अन्त्यसहितको सन्सनीपूर्ण गवाही।
फ्रेडरिक जेम्स
frederickjamesbyfaith@gmail.com
परमप्रभुका सामर्थी कामहरूको बयान कसले गर्नसक्छ ? उहाँको सम्पूर्ण प्रशंसा कसले बताउन सक्छ? भजनसँग्रह १०६:२
जब जब सन्१९९९ मा म चढेको इन्डियन एयरलाइन्स आइ.सी–८१४ विमान ८ दिनसम्म अपहरणमा परेको घटना म याद गर्छु, तब तब मेरा आँखाहरू अनायासै रसाउन थाल्छन्अनि म शब्दले व्यक्त गर्न नसक्ने भावनासहित मेरा उद्धारकर्ता जीवित परमेश्वरलाई धन्यवाद चढाउँछु जसले मलाई विनाश र मृत्युको त्यो भयानक भुमरीबाट आफ्नो अपार करुणा, अनुग्रह र शक्तिद्वारा बचाउनुभयो।
व्यापारको सिलसिलामा मलाई दिल्ली र नेपाल आवतजावत्गरिरहनुपथ्र्यो। सन्१९९९ को डिसेम्बर २२ तारिखको दिन, काठमान्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्नकोनिम्ति मैले इन्डियन एयरलाइन्सको टिकट काटेको थिएँ तर मैले ढुवानी गर्नुपर्ने सामानहरू तयार नभइसकेको हुनालेत्योटिकट रद्द गरेर मैलेडिसेम्बर २३ तारिखको दिन टिकट काटेँ तर २३ तारिखको दिन पनि सामानहरू तयार नभएकोहुनाले त्यसलाई पनि रद्द गरेर मैले डिसेम्बर २४ तारिखको दिन इन्डियन एयरलाइन्स आइ.सी–८१४ को अपराह्नको २:३० बजेतिरको टिकट काट्न पुगेँ, जुन विमान अपहरणमा परेको थियो। हरेक सालको ख्रीष्टमस म परिवारसितै मनाउँथेँ, त्यसैले व्यापारको निम्ति जहाँसुकै पुगेतापनि २५ तारिखको दिन चाहिँ म दिल्लीमा आफ्नो परिवारसितै
ख्रीष्टमस मनाइरहेको हुन्थेँ। २४ तारिखको दिन म करिब १:०० बजेतिर एयरपोर्ट पुगेँ तर त्यस दिन किन हो, एयरपोर्टमा कुनै चेक जाँच नभएको देख्दा म चकित भएँ। यदि मलाई यसको पूर्वजानकारी भएको भए इन्डियामा अत्याधिक माग भएका केही सामानहरू थपेर ल्याउन सक्थेँ भनी मनमनै सोच्दैम एयरपोर्टभित्रको प्रतीक्षालयमा बसिरहेको बेलामा हाम्रो उडान दुई घण्टाले ढिलो भएको सूचना आयो। करिब ४:१५ बजेतिर म विमानभित्र प्रवेश गरेँ। विमानभित्र प्रायः सबै कुरा सामान्य नै देखिन्थ्यो। ४:३० बजेतिर विमानले काठमान्डुको भुइँ छोड्यो। तर, किन हो, मेरो मन भने एयरपोर्टमा त्यस दिन कुनै चेक जाँच नभएको कुरामै अड्किरहेको थियो। करिब
५:०३ तिरको कुरा हो, एयर होस्टेस्ले ट्रली गुडाउँदैनास्ता बाँडिरहेकी थिइन्, एक्कासी विमानचालक (पाइलट) बस्ने कोठाबाट एउटा नकाबधारी व्यक्ति शिरदेखि खुट्टासम्मै कालो पहिरनमा दौँडिदै यात्रुहरूको माझमा आइपुगे अनि यात्रुलाई नास्ता बाँड्दै गरेकी एयर होस्टेस्लाई धक्का दिए, तिनको गालामा एक चड्कन हाने अनि प्लेटहरूलाई जोड़ले भुइँमा फ्याँकिदिए। तिनको एक हातमा ग्रेनेड(बम) थियो भने अर्को हातमा पेस्टोल। के भइरहेको छ भनी सोच्न नभ्याउँदैउनले घोषणा गरे, “यो प्लेन हामीले अपहरण गरिसकेका छौँ। अब, तपाईंहरूले हामीले भनेको निर्देशनअनुसार गर्नुपर्छ। हाम्रो तपाईंहरूसित कुनै दुश्मनी छैन। यदि, तपाईंहरूले केही चलाकी गर्ने प्रयास गर्नुभयो भने मेरो हातमा तपाईंहरूले देख्नुभएको यो ग्रेनेड(बम)हो। हामी अहिले ३३,००० फिटको उचाइमा उडिरहेका छौँ। यदि, मैले यो ग्रेनेडको पिन मात्र निकालिदिने हो भने यो प्लेन यहीँ विष्फोट हुनेछ, अनि तपाईंहरूको परिवारले तपाईंको हड्डी पनि फेला पार्न सक्ने छैनन्। त्यसैले, हामीले भनेअनुसार गर्नुहोला।” “आफ्नो प्लेट खुट्टानिर राख्नोस्अनि आफ्नो शिर तलसम्मै झुकाउनुहोस्। कसैले शिर उठाएर हेर्न पाउने छैन।” तिनले यति भनिसकेपछि मैले तिनलाई नियालेर हेरेँ, मैले तिनलाई एयरपोर्टकै प्रतीक्षालयमा देखेको थिएँ, तिनी बडो बेचैन भएर यताउता हिँडिरहेका थिए। त्यत्ति नै बेला, मेरो पछिल्तिर पनि ३ जना अपहरणकारीहरू खडा भएको मैले देखेँ। तिनीहरूले पूरै शिर र अनुहार ढाक्ने टोपी लगाएका थिए र तिनीहरूका आँखाहरू मात्र देखिन्थे। त्यही समयमा, भित्र पाइलटको कोठाबाट पनि सूचना आयो, “यो प्लेन अपहरण भइसकेको छ। अपहरणकारीहरूले
भनेअनुसार नै गर्नुहोस्। यसैमा हामी सबैको कल्याण छ।” त्यही नैपाइलटको कोठाबाट आएको अन्तिम सूचना थियो। “हेड्स डाउन, हेड्स डाउन”(शिर तल, शिर तल) भनी अपहरणकारीहरू चिच्याउँदै थिए। यी दुई शब्दबाहेक तिनीहरूले शुद्ध हिन्दी भाषा बोलिरहेका थिए।
विमानभित्रका १७५ यात्रुहरू सबैजना स्तब्ध भए। त्यहाँ भय र त्रासको वातावरण छायो। यस्तो त मैले फिल्ममा मात्रै देखेको थिएँतर यो न त फिल्म थियो, न त सपना नै। थियो त, मृत्युले नै अङ्गालो हाल्न आएको जस्तै एउटा कहालीलाग्दो वास्तविकता । मैले सोचेँ, म त प्रार्थनासहित नै यात्रामा निस्केको थिएँ, अझ, पाष्टरसित पनि प्रार्थना मागेर आएको थिएँ। “हे प्रभु, मैले के पाप गरेको थिएँ र तपाईंले मलाई यो विपत्तिभित्र पार्नुभयो?”, मैले प्रभुसित प्रश्न राखेँ। अनि परमेश्वरले मैले बाल्यावस्थादेखि त्यसबेलासम्म गरेका सबै भुल गल्ती तथा पापहरू एक एक गरेर देखाउनुभयो अनि मेरो हृदयमा पश्चात्तापको भेल उर्लन थाल्यो। मैले रूँदै परमेश्वरसित
क्षमायाचनाको प्रार्थना गर्न थालेँ। मेरो चिहान यहीँ विमानमै हुन गइरहेको छ भन्ने कुरामा म पूर्ण रूपले विश्वस्त थिएँ।
एकछिन पछि, अपहरणकारीहरूले सबै यात्रुहरूको आँखामा पट्टी बाँध्ने निर्देशन जारी गरे। एयर
होस्टेस्हरूलाई पनि सघाउन आज्ञा दिए। यदि कसैको पट्टी खुकुलो भेट्टाइएमा त्यो नै गोलीको पहिलो शिकार हुनेछ भनी धम्की दिए। अनि सबै यात्रुहरूको शिरदेखि खुट्टासम्म जाँच भयो। कसैको झोलामा केही हतियारहरू छ भने त्यत्ति नै खेर, बुझाउन कडा आज्ञा दिइयो। यदि, पछि जाँच हुँदा हतियार फेला परेमा उत्ति नै खेर त्यसलाई गोली हानिनेछ भनी त्रास थपियो। त्यसपछि, सबैका झोलाहरूलाई एउटा कोठामा लगेर थन्क्याइयो। मलाई भने मेरो झोलामा रहेको एउटै हतियार बाइबल लगिएकोमा धेरै दुःख लागेको थियो। यति गरिसकेपछि, तिनीहरूले पूरै विमानलाई आफ्नो नियन्त्रणमा लिए। विमानभित्र सबैलाई मृत्युको भयले गाँजेको थियो। घटनाक्रम यसरी विकसित भइरहेको थियो कि यो वास्तविक हो कि होइन, पत्याउन पनि गाह्रो भइरहेको थियो।
समय बित्दै जाँदा, विमान सीधा नभई फन्को मारिरहेको हामीलाई आभास भयो। कुनै समयमा झड्का त, कुनै समय कोल्टो परेकोजस्तो गरी विमान उडिरहेकोले कतै यो ठोक्किन गइरहेको त होइन भन्ने विचार मनमा आइरहेको थियो। त्यस समयमा भने, मैले आफ्नो जीवनलाई परमेश्वरको ज्योतिमा जाँच्ने काम गरिरहेको थिएँ। मेरो एउटा अनौठो बानी छ। जब म कुनै तनावमा हुन्छु, मलाई निद्राले छोपिहाल्छ। त्यस्तै भयो पनि। कुन बेला म निदाइहालेँ, मलाई पत्तो नै भएन। बिउँझिँदा मात्रै थाहा पाएँ कि बेलुकीको ७ः०० बजेको रहेछ। त्यस समय, हाम्रो विमान पाकिस्तानको सहर लाहोर पुगिसकेको रहेछ। तर, त्यहाँको एयरपोर्टले हामीलाई अवतरण गर्न नदिनको निम्ति पूरै एयरपोर्ट ब्ल्याक–आउट गरेको रहेछ। त्यसपछि, नजीकैको एयरपोर्ट इन्डियाको
अमृतसरतिर विमान मोडियो। अवतरण गरिसकेपछि, विमान इन्धनले पूरैभरिदिनको निम्ति अपहरणकारीहरूबाट माग भयो, नत्रभने यात्रुहरूलाई एक एक गरेर मारिदिनेछौँ भनी तिनीहरूले धम्की दिए। धेरै समय प्रतीक्षा गर्दा पनि एयरपोर्टका अधिकारीहरूले इन्धनको गाडी आउँदैछ भनेर धैर्य गर्न अनुरोध गरे तर ५० मिनेटसम्म पनि केही सुरसार नदेखिएकोले कतै भारत सरकारले षडयन्त्रको तानाबाना पो बुन्दैछन्कि भनेर अपहरणकारीहरू निकै सशंकित भए। त्यसपछि, तिनीहरूले पट्टी खोलेर हेरेको बहानामा रूपिन कत्याल भन्ने व्यक्तिलाई घिर्सादै एउटा कोठामा लगे। त्यसैगरी, अन्य ६ जनालाई पनि पालैपालो लगे। तर, काठमान्डुबाट आफ्नी नवविवाहिता
पत्नीसित हनिमुन मनाएर फर्किंदै गरेका रूपिनको घाँटीलाई तिनीहरूले चक्कुले रेटे र तिनी रगताम्य भए। यो घटना सहचालक र विमानका इन्जीनियरले देखेपछि निकै भयभीत भएर तिनीहरूले मुख्य विमानचालकलाई खबर गरिदिए। विमानचालकले यस घटनाको बारेमा एयरपोर्टका अधिकारीहरूलाई जानकारी गराएको केही समयमा नै एउटा ट्रक हाम्रो विमानको ठीक अगाडिपट्टिबाट आयो तर केही क्षणमै त्यो बाटोमा टक्क अडियो। यो देखेर “दालमें कुछ काला है” भनी सोचेर अपहरणकारीहरूले तुरुन्तै विमान उडाउन विमानचालकलाई आज्ञा दिए। तर, विमानमा इन्धन पर्याप्त नरहेको अनि विमान पनि धावनमार्गको बीचभागमा खडा रहेकोले विमान उडाउन धावनमार्ग पर्याप्त छैन, बलजफ्तीले उडाउन खोजे विमान विष्फोट हुनसक्छ भनेर विमानचालकले अड्डी कसे तर अपहरणकारीहरूले सबै यात्रुहरूलाई त्यहीँ मारिदिने धम्की दिएपछि, विमानचालकले हाम्रो विमानलाई थोरै दूरी मात्र बाँकी रहेकोत्यस धावनमार्गमा गुडाएर उडाउन खोज्दा विमान एक झड्काको साथमा उड्न त उड्यो तर यो निकै आश्चर्यजनक उडान साबित भयो। विमान त्यसरी उड्न सक्नुमा परमेश्वरको नै काम थियो भन्ने कुरामा कुनै शंका थिएन। पाठकहरूलाई जानकारी होस्, इन्धनको ट्रकमा इन्धन नभई हातहतियारले सुसज्जित लडाकु सेनाहरू थिए जो अपहरणकारीहरूसित भिड्न पठाइएका थिए।
विमान पुनः पाकिस्तानको लाहोरतर्फ उड्यो। भारत सरकारबाट खतरा मात्र देखेपछि अपहरणकारीहरू चाँडोभन्दा चाँडो भारतको सीमाना कटाउन चाहन्थे। विमान लाहोरस्थित एयरपोर्टको छेउछाउ पुगिसकेपछि लाहोरले फेरि पनि एयरपोर्टमा ब्ल्याक–आवट गरिदिए। विमानमा जम्मा दश मिनेटको मात्रै इन्धन रहेको अनि लाहोरले अवतरण गर्न नदिने भएपछि विमानले लाहोरको आकाशमै केही समय फन्को मा¥यो। स्थिति भयावह थियो। विमानभित्र मृत्युको त्रास झनै बढेर गएको थियो। आकाशमा फन्को मार्दै गर्दा ३ मिनेटको मात्र इन्धन बाँकी रहेपछि विमानचालकले लाहोरकै कुनै चौडा खाली राजमार्गमा अवतरण गर्ने निर्णय गरेर विमानलाई निकै
तल ल्याए। त्यसरी, अवतरण गर्दा निश्चित रूपले दुर्घटना हुने भएतापनि विमान आकाशमैविष्फोट हुनुभन्दा केही यात्रुहरूको जीवन बच्नसक्छ भन्ने विमानचालकको विचार थियो। तर, विमान भुइँबाट २०० फिटको उचाइमा रहेको अवस्थामा उनले राजमार्गमा एउटा भीड जम्मा भएको देखे। त्यो भीड अरू केही नभई मुश्लिम समुदायको एउटा चाड रमादानको अवसरमा जम्मा भएकोभीड थियो। आत्तिएर विमानचालकले फेरि विमानलाई माथि ल्याए। त्यस्तैमा, एयरपोर्टका अधिकारीहरूले हाम्रो विमान दुर्घटना हुन सक्ने देखेर तुरुन्तै विमानचालकसित सम्पर्क गरे अनि ब्ल्याक–आवट हटाएर धावनमार्गमा विमान अवतरण गर्न अनुमति दिए। यसरी, परमेश्वरले अर्को
सम्भावित दुर्घटनाबाट हामीलाई अद्भुत रीतिले बचाउनुभयो।
इन्धन भरिसकेपछि, विमान अफगानिस्तानको कन्धाहरतर्फ उड्यो तर साँझको समय भएको हुनाले युद्धचर्किंदै गरेको अवस्थामा तत्कालीन तालिबान सरकारले हाम्रो विमानलाई त्यहाँ अवतरण गर्न दिएनन्। त्यसपछि, विमान दुबईतर्फ उड्यो, त्यहाँ पनि अवतरणको अनुमति नमिलेपछि, मस्केट, शारजा हुँदै अन्य खाडी देशहरूको आकाशमा हाम्रो विमान उडिरह्यो तर कतै पनि अवतरणको अनुमति मिलेन। त्यसबेलासम्म, सारा संसारमा हाम्रो विमान अपहरण भएको सूचना पुगिसकेको थियो, त्यसैले कुनै देशले पनि यस कुरालाई लिएर जोखिम मोल्न चाहँदैन थिए। त्यही समयमा, अमेरिकाको दवाबमा दुबईले विमान अवतरण गर्ने अनुमति दियो र डिसेम्बर २५ तारिखको दिन बिहान १:३० बजे हाम्रो विमान दुबईको मेनहार्ड एयरपोर्टमा अवतरण ग¥यो। विमानमा, इन्धन
कम भइसकेको हुनाले त्यहाँ पनि इन्धनको माग भयो तर दुबईस्थित भारतीय राजदूतावासले इन्धनको सट्टामा विमानभित्रका केही यात्रुहरूको रिहाईको माग गरे। अपहरणकारीहरूलाई पनि विमानभित्रका बच्चाहरू, महिला र वृद्धावृद्धाहरूलाई सम्हाल्न गाह्रो भइरहेको हुनाले तिनीहरूले यो मागलाई पूरा गरे र दुबईमा २६ जना यात्रुहरू उत्रिए। दुबईमा रगताम्य भएका रूपिन मरिसकेको पत्ता लाग्यो र उनी लगायत एउटा अर्को घाइतेलाई अपहरणकारीहरूले त्यहाँबाट उड्नअघि विमानको भर्याङ्बाट फ्याँकिदिए।
इन्धन भरिसकेपछि, विमान अफगानिस्तानको काबुलतर्फ उड्यो तर त्यहाँ अवतरणको अनुमति
नमिलेपछि कन्दहारतर्फ मोडियो तर बिहानीपख भएको हुनाले कन्दहार एयरपोर्टले अवतरण गर्न अनुमति दियो। यसरी, बिहानको ८ बजेतिर हाम्रो विमान कन्दहारमा अवतरण ग¥यो। अवतरण गरिसकेपछि, हामीलाई आँखामा पट्टी बाँधेर हाम्रो शिरलाई घुँडाको बीचमा अड््याएर झण्डै १६ घण्टासम्म त्यस मुद्रामा बस्न लगाइयो जुन अत्यन्तै कष्टकर थियो। त्यस समयमा, हामीलाई शौचालय प्रयोग गर्न समेत दिइएन। तर, प्रभुलाई धन्यवाद होस्, उहाँले त्यस समयमा मलाई भने मीठो निद्रा दिनुभयो।
करिब १६ घण्टापछि, यू.एन.ले हामीलाई राम्रो खानाको बन्दोबस्त ग¥योतर, हरेक दिन हामीलाई ५० मिलिलिटर पानी मात्र दिइयो जसले हाम्रो प्यास पटक्कै मेटिएको थिएन। त्यसमाथि, हामीलाई दिइएको मसलादार नन्भेज खानाले यात्रुहरूको प्यासलाई अझ बढाइदिएको थियो। मैले चाहिँ खाना नखाई उपवास बस्ने निर्णय गरेँ। मण्डलीमा हप्ताको ३–४ दिन उपवास बस्ने बानी परेकोले मलाई कुनै पनि समस्या परेन। साँच्चि नै, ख्रीष्टियन जीवन क्रुस बोक्ने जीवन रहेछ भन्ने कुरा मलाई गहिरो प्रकारले महसुस भयो। पानीको महत्व त्यसबेला मलाई यसरी महसुस भयो कि एकदिन मेरो गिलासमा खन्याइएको ५० मिलिलिटर पानी छचल्किएर मेरो अघिको टेबुलमा पर्दा मैले एक थोपा पानीलाई पनि चाटेको थिएँ। परमेश्वरलाई धन्यवाद होस्!
अपहरणबाट बच्ने सम्भावना लगभग शून्य भएको हुनाले मेरो अधिकांश समय मनमनै प्रभुसित प्रार्थना गर्नुमै बितिरहेको थियो। सम्झेजतिका पापहरू स्वीकार्दै प्रभुसित क्षमा माग्ने, उहाँको रगतमा शुद्ध गरिमाग्ने क्रममा प्रभुले मेरो हृदयमा ठूलो शान्ति ल्याउनुको साथै मेरो हृदयबाट मृत्युको भय पनि हटाउँदै हुनुहुन्थ्यो। म साँच्चिै नैमृत्युको पूर्वतयारीमा थिएँ। “मलाई शुद्ध, पवित्र पारेर मात्र लानुहोस्”, मेरो अन्तरात्माबाट यही मात्र प्रार्थना निस्किरहेको थियो। आफूसित भएको बाइबल पनि खोसिएकोमा म अलि खिन्न थिएँ । त्यत्ति नै बेला, मलाई झट्टै एउटा कुरा याद आयोः ओहो, मेरो पर्समा पचासवटा मात्र बाइबलका पदहरू भएको सानो पुस्तिका छ त। मैले तुरुन्तै पर्सबाट सो पुस्तिका निकालेँ र प्रभुसित मनमनै यसरी प्रार्थना गरेँ : “प्रभु, तपाईं यस
परिस्थितिमा आफ्नो वचनबाट के भन्न चाहनुहुन्छ, मसित बोल्नुहोस्।” यत्ति भनेर मैले त्यो पुस्तिका पल्टाउँदा मेरो आँखा बाइबलको यस वचनमा पर्यो : “नडराऊ, किनकि म तिम्रो साथमा छु, जिल्ल नपर, किनभने म तिम्रा परमेश्वर हुँ, म तिमीलाई बलियो पार्नेछु, अँ, म तिमीलाई सहायता गर्नेछु, अँ, म मेरो धार्मिकताको दाहिनेn हातले तिमीलाई सम्हाल्नेछु।” (यशैया ४१:१०)। यो वचन पढेर मेरो आँखाबाट बलिन्द्र आँशुका धारा बग्न थाल्यो।परमेश्वरले यस वचनद्वारा मसित प्रत्यक्ष कुरा गर्नुभएको मलाई अनुभूति भयो। त्यस भयावह परिस्थितिमा परमेश्वरले मलाई कस्तो अद्भुत प्रतिज्ञा दिनुभएको थियो, अनि कति ठूलो सान्त्वना दिनुभएको थियो। परमेश्वरको वचन साँच्चि कति जीवित छ ! परमेश्वरलाई लाख लाख धन्यवाद होस्!
कन्दहारको एयरपोर्टमा सात दिनसम्म हाम्रो विमान एकै ठाउँमा अडिएर बसेको थियोभने विमानबाहिर तालिबानी सैन्यदल तैनाथ थियो। अपहरणकारीहरूको भारत सरकारसित वार्ता भइरहेको थियो। सुरुका दुई दिनहरूमा वार्ताबाट अपेक्षित नतिजा नआउँदा तिनीहरूले केही यात्रुहरूसित मारपिट गरे। विमानभित्र हामीले भोग्नुपरेकोएउटा विकराल समस्या शौचालयको थियो कारण एक सय पचास भन्दा बढी यात्रुहरूले शौचालय प्रयोग गर्ने क्रममा शौचालयमा पानी सिद्धिएको अवस्था थियो भने ट्वाइलेट पेपर पनि सिद्धिएर विमानमा रहेको पत्रपत्रिका प्रयोग गर्नुपर्ने अवस्था सृजना भएको थियो। त्यत्ति मात्रै नभई, शौचालय जाम भएर पिसाब बगेर हामीबस्ने ठाउँसम्म आएकोले हाम्रो कोठा पनि निकै दुर्गन्धित भएको थियो। तेस्रो दिनमा यू.एनको मध्यस्थतामा वार्ता सम्झौतामा परिणत भइरहेको थियो अनि तिनीहरूले हामीलाई हाम्रा आँखाहरूमा भएको पट्टी खोल्न अनुमति दिए र सजिलोसित बस्न पनि अनुमति दिए। साथै, हामीबाट खोसिएर अर्को एउटा कोठामा थन्क्याइएका हाम्राझोलाहरू पनि पालैपालो गरी ल्याउन हामीलाई अनुमति दिइयो।
मेरो पालो आएपछि म पनि आफ्नो झोला लिन अघि बढेँ। ढोकाको बाहिरपट्टि नै, एउटा अपहरणकारी एउटा हातमा ग्रेनेड(बम) र अर्को हातमा पेस्टोल लिएर खडा थिए। मैले आफ्नो बाइबल लिन झोला खोतल्दै गर्दा तिनले के खोजेको भनी सोधे। मैले चेन लगाएको बाइबल निकालेर तिनलाई देखाएँ। तिनले के हो, खोल भनी आदेश दिए। मलाई अलि डर लाग्यो कारण तिनीहरू मुश्लिम भएको हुनाले ख्रीष्टियनहरूलाई घृणा गर्छन् भनी मलाई थाहा थियो। अघिल्लो दिन मात्रै तिनीहरूले यू.एन. र अमेरिकाको विरुद्धमा बोलेका थिए अनि इस्लाम धर्म राम्रो छ भनी प्रचार गरेका थिए। त्यसैले, बाइबल देखेपछि मलाई केही गर्ने हो कि भनेर म अलि डराएँ।
तापनि, चेन खोलेर यो बाइबल हो भनी मैले उनलाई बताएँ। “के तपाईं ख्रीष्टियन हो?”, उनले मलाई सोधे। अलि डराएर, मैले “हो” भनी उत्तर दिएँ। त्यसपछि, उनले मलाई आफ्नो सीटमा गएर बस्नका लागि भने। परमेश्वरलाई धन्यवाद होस्!
परमेश्वरको वचन मेरो हात परेपछि मलाई यस्तो महसुस भयो कि मैले सबथोक हासिल गरेँ। त्यसपछि, म हरसमय बाइबल पढ्नमै मग्न भएँ। पढ्ने क्रममा, म भजनसँग्रह ९१ मा आइपुगेँ। त्यस भजनमा लेखिएका कुराहरू र विमानभित्रको हालत दुरुस्तै थियो भनी मलाई महसुस भयो। त्यसमा लेखिए झैँ, हामी चरा मार्नेको पासोमै त परेका थियौँ। रातको आतङ्क, दिनमा उड्ने काँड, उजाड पार्ने विनाश सबै विमानभित्र नै त विद्यमान थिए। डर र आतङ्कको कारणले यात्रुहरू विभिन्न शारीरिक र मानसिक रोगहरूले ग्रस्त भइसकेका थिए। महामारी नै फैलिरहेको आभास हुन्थ्यो त्यहाँ। तर, यी सबैको माझमा त्यस भजनमा लेखिएका परमेश्वरका बहुमूल्य प्रतिज्ञाहरूले मलाई अद्भुत सान्त्वना दियो र फेरि एकपल्ट मेरा आँखाहरू रसाए। साँच्चि नै, परमेश्वरको वचन
नै त हाम्रो जीवन रहेछ भन्ने कुरा मैले गहिरो प्रकारले महसुस गरेँ। परमप्रधानको गुप्तस्थानमा वास गर्नु कति आशिषित कुरा रहेछ (भजनसँग्रह ९१:१)। परमेश्वरमा वास लिँदा हामी उहाँकै छत्रछायामा बस्न पाउने, उहाँ हाम्रो शरणस्थान, किल्ला, ढाल र कवच भइदिनुहुने रहेछ। दिन र रात, मध्यदिन र मध्यरात कुनै पनि समयमा डरले हामीलाई नछुने रहेछ। हजार र दशहजार हाम्रो दाहिने र देब्रे लोटेतापनि हामी चाहिँ जोगिने रहेछौँ।
हामीलाई स्वर्गदूतले समेत रक्षा गर्ने रहेछ। अझ हामी त दुष्टका सबै शक्तिहरूमाथि पनि विजयी हुने रहेछौँ। प्रभु हाम्रो सङ्कष्टमा हाम्रो साथमा रहेर हामीलाई छुटाउने, हामीलाई उच्च स्थानमा राख्नुहुने रहेछ। अनि, अन्त्यमा हामीलाई दीर्घायुले समेत तृप्त पार्नुहुने रहेछ। हल्लेलूयाह ! परमेश्वरको प्रशंसा होस्!! भजनसँग्रह ९१ ले मेरो प्राणलाई साँच्चिनै पुनर्जीवन दिएको आभास मलाई भयो।
अपहरणकारीहरू र भारत सरकारबीच वार्ता चलिरहेकै थियो। वार्ताले सकारात्मक रूप लिइरहँदा
यात्रुहरूले अलि चैनको सास फेर्थे तर वार्ता नकारात्मक हुँदा भने अपहरणहरूले फेरि हाम्रा आँखाहरूमा पट्टी बाँध्न लगाउँथे अनि हाम्रो शिर घुँडासम्मै झुकाउन लगाउँथे।
मेरो यात्राभरि यसरी परमेश्वरको अद्भुत सुरक्षा पाउनुको पछाडि चाहिँ मेरो मण्डली, अगुवाजन र
विश्वासीहरूको प्रार्थना र अन्तरबिन्तीको ठूलो भूमिका छ। सन्१९९९ को डिसेम्बर २२ तारिखको दिन दिल्ली उड्नको निम्ति मैले टिकट काटेको काठमाण्डुस्थित मेरो मण्डलीका कतिजना विश्वासीहरूलाई थाहा थियो। तर, कतिपय कारणले गर्दा मैले अन्तिममा गएर २४ तारिखको टिकट काटेको कुरा भने एकजना अगुवालाई मात्र थाहा थियो। उता मेरो जन्मथलो दिल्लीमा मेरो घरपरिवार लगायत मेरो टोलमा बस्ने सबैलाई म विमान अपहरणमा परेको कुराको जानकारी २५ तारिखमा मात्रै भयो। मेरी आमा भने यस खबरदेखि अलिकति पनि विचलित हुनुभएन। परमेश्वरले मलाई सकुशल फर्काएर ल्याउनुहुनेछ भन्ने कुरामा उहाँ निश्चिन्त हुनुहुन्थ्यो।
सबैभन्दा अचम्मको कुरा, २५ तारिखको दिन म जाने दिल्लीस्थित फेथ होम मण्डलीमा पवित्र आत्माको एउटा सेवा भइरहेको थियो तर पवित्र आत्माले सेवालाई बीचमै रोक्नुभएर हाम्रो विमानको निम्ति प्रार्थना गर्न पाष्टरलाई अगुवाई गर्नुभयो अनि त्यसमा हाम्रै मण्डलीको एउटा विश्वासी रहेको छ भनेर पनि देखाउनुभयो। अनि मण्डली सबैले बोझसहित प्रार्थना गर्नुभयो। ख्रीष्टमसको कार्यक्रम सिद्धिएको एकदिन पछाडिदेखि हाम्रो मण्डलीमा नयाँ वर्ष नसिद्धिएसम्म हरेक वर्ष उपवास प्रार्थना हुने गर्दछ। त्यसैले, विमान र मेरो सुरक्षाको निम्ति खुरन्धार प्रार्थना जारी नै रह्यो। तर, यसमध्ये एउटा प्रेरणादायी घटना चाहिँ मलाई अत्यन्तै प्रेम गर्नुहुने मेरो
मण्डलीकै एकजना दाजुसित सम्बन्धित छ। उहाँ एउटा प्रार्थनाको योद्धा हुनुहुन्थ्यो। निकै दिनको प्रार्थना अन्तर्बिन्ती पछि पनि कुनै सकारात्मक खबर नआएपछि उहाँले डिसेम्बर २९ तारिखको दिन रातभरि आँशुसहित प्रभुसित प्रार्थना अन्तर्बिन्ती गर्नुभएछ। डिसेम्बर ३० तारिखको दिन, बिहान ४ बजेतिर उहाँ निदाउनुभएछ। बिहानको ७ बजेतिर उहाँले एउटा दर्शन देख्नुभएछ। दर्शनमा उहाँले म चढेको विमानमा म बसेको मेरो सीटको वरिपरि स्वर्गदुतहरू खडा भएर मलाई पहरा दिइरहनुभएको देख्नुभएछ। त्यसपछि, परमेश्वरले म सकुशल नै फर्कनेछु भनेर पनि दर्शनमा उहाँसित बोल्नुभएपछि उहाँ बिउँझिनु भएछ। साँच्चि नै, परमेश्वर कत्ति महान्अनि उहाँको
प्रेम कत्ति अनुपम ! यसरी, परमेश्वरले आफ्नो मण्डलीलाई पनि प्रार्थना अन्तर्बिन्ती गर्नको निम्ति अगुवाई गर्नुभएर उहाँले मप्रतिको असीम प्रेमलाई दर्शाउनुभयो।
यो प्रार्थना अन्तर्बिन्तीको उत्तर परमेश्वरले अद्भुत प्रकारले डिसेम्बर ३० तारिखको दिन दिनुभयो। त्यो दिन, साँच्चै भन्ने होभने, हाम्रो ८ दिने अपहरणको सबैभन्दा कहालीलाग्दो दिन थियो। एउटा अपहरणकारीले हाम्रो माझमा आएर घोषणा गरे, “वार्ता असफल भएको छ। अब हामी के गर्न सक्छौँ भनी हामी तपाईंहरूको सरकारलाई देखाइदिनेछौँ। सबैले आ–आफ्नो ईश्वरलाई सम्झे हुन्छ। अब, हामी तपाईंहरूलाई एक–एक गरेर मार्दैछौँ। कोही रूने होइन। कसैले पट्टी खोल्ने होइन। हामीले यसो गर्न चाहेका थिएनौँ तर तपाईंहरूको सरकारले हामीलाई यसो गर्न बाध्य बनाएकोछ। तिनीहरूले हाम्रो माग अस्वीकार गरेका छन्।” यसपछि, मैले प्रार्थना गरेँ, “प्रभु, अब जाने बेला आएको छ। मलाई शुद्ध, पवित्र पार्नुहोस्। मेरो परिवारको साथमा रहिदिनोस्। यदि, तपाईंको
इच्छा छ भने यो वार्ता सफल भएको होस्।” त्यत्तिबेलासम्म, मेरो मनबाट मृत्युको भय हटिसकेको थियो कारण मेरा सबै पापहरू क्षमा भइसकेको मैले अनुभूति पाइसकेको थिएँ। यति प्रार्थना गरिसकेपछि, म फेरि निदाएँ। साँच्चि नै, निद्रा पनि परमेश्वरको अद्भुत वरदान नै रहेछ ! त्यस्तो भयावह परिस्थितिमा पनि मलाई परमेश्वरले निद्रा दिनुभयो। परमेश्वरलाई धन्यवाद होस्!
म दिउँसोको ११ बजेतिर बिउँझेँ अनि कसलाई पहिले गोली ठोक्ने होला भनेर पर्खिन थालेँ। त्यसै
समयमा, अपहरणकारीहरूले सबैसित सोधे, “कसलाई अन्तिम खाना मन लागेको छ, हात उठाउनुहोस्।” एकजनाले बाहेक कसैले हात उठाएनन्। करिब १२ बजेतिर, एउटा अपहरणकारी दौडेर हाम्रो माझमा आइपुगे र भने, “तपाईंहरूको माझमा प्रार्थना गर्ने व्यक्तिहरू छन्जस्तो छ। ईश्वरले प्रार्थना सुन्नुभएको छ। अब, मृत्युको छाया टलेको छ। वार्ता धेरै सकारात्मक भएको छ। अफगानिस्तानको प्रधानमन्त्रीले नै वार्ताको मध्यस्थता गरेका छन्। उनले भनेका छन्कि उनको देशमा कुनै रगत बग्ने छैन। भरेसम्म केही न केही समाधान आउनेछ।” त्यही समयमा, एउटा यात्रु खडा भएर प्रश्न गरे, “तपाईंहरूले आफ्नो वाचा पूरा गर्नुहुन्छ भनेर हामीले कसरी विश्वास
गर्ने?” अपहरणकारीले विश्वस्त तुल्याउने प्रयास गरे तर, घटनाक्रमले कुन मोड लिन्छ भन्ने कुरामा अझै पनि पूर्ण रूपले विश्वस्त हुने आधार थिएन। करिब ३ बजेतिर, एउटा अपहरणकारीले फेरि अर्को घोषणा गरे, “वार्ता अत्यन्तै सकारात्मक भएको छ। हामीले हाम्रा ४० जना साथीको रिहाईको माग गरेका थियौँ तर ३ जनाको मात्रै रिहाई हुनेभएको छ। ठीकै छ, बाँकी ३७ को निम्ति अरू कुनै बेला प्रयास गरौँला।” पाठकहरूलाई जानकारी होस्, तिनीहरूको मागमध्ये २७०० करोड रकम पनि थियो जुन अफगानिस्तानको सरकारले तिनीहरूलाई परित्याग गर्न आग्रह गरेका थिए र तिनीहरूले त्यसै गरेका थिए।
यो खुशीको खबरले यात्रुहरूको मनमा केही आशा जगाएपनि अझै पनि केही भय र शंका विद्यमान थियो। केही समयपछि, हामीलाई सात दिनको प्यास मेटिने गरी पिउनलाई प्रशस्त पानी दिइयो अनि अत्यन्त स्वादिष्ट खाना पनि दिइयो। साँझको ७ बजेसम्म पनि हामी हाम्रो छुटकाराको पर्खाइमा थियौँतर त्यो दिन केही भएन। सायद, तिनीहरूको माग पूरा हुने प्रक्रियामा लागेको समय थियो त्यो। डिसेम्बरको ३१ दिन पनि हाम्रो पर्खाइ जारी नै रह्यो। दिउँसोको करिब ४ बजेतिर मेरो छेउमा बस्ने साथीले मलाई कानमा एउटा कुरा खुसुक्क
भन्यो, “पछाडि एउटा अपहरणकारी रोइरहेको छ।” मैले पनि अपहरणकारीसँग कुरा गर्ने मौका खोजिरहेको थिएँ। पछाडिपट्टि गएर हेर्दा साँच्चि नै तिनी रोइरहेको अवस्थामा मैले भेट्टाएँ। मैले तिनलाई सोधेँ, “के भयो भाइ? तपाईं किन रोइरहनुभएको यसरी?” तिनले भने, “हामीले तपाईंहरूलाई कति यातना दियौँ तर तपाईंहरूले कहिल्यै विरोध गर्नुभएन। दोषी त हामी हौँ, तपाईंहरू त निर्दोष हुनुहुन्छ। म पनि चार वर्षको छोरी घरमा छोडेर आएको।मलाई थाहा छैन, तपाईंहरूले हामीलाई माफ गर्नुहुन्छ कि हुन्न?” सान्त्वनाको भावमा मैले तिनलाई भनेँ, “सायद, परिस्थितिले नै तपाईंलाई यसो गर्न बाध्य गरेको हुनुपर्छ। परमेश्वरले अवश्य तपाईंलाई क्षमा गर्न सक्नुहुन्छ।
तपाईंले माफी माग्नु भयो भने यात्रुहरूले पनि तपाईंलाई अवश्य माफी दिनेछन्। यहाँबाट छुटेपछि म सीधै मेरोचर्च जानेछु र तपाईंको निम्ति प्रार्थना गर्नेछु। तपाईंको वास्तविक नाउँ के होला?” उनले आफ्नो वास्तविक नाउँ भने बताउन मानेनन्। त्यसपछि, मैले परमेश्वरको वचन भएको एउटा साँचो झुण्ड््याउने कीरिब उनलाई उपहारस्वरुप दिएँ।
करिब ४ः३० बजेतिर भारतका विदेशमन्त्री र अपहरणकारीहरूले रिहाईको माग गरेका कैदीहरू बोकेर भारतीय विमान त्यहाँ अवतरण ग¥यो। अपहरणकारीहरूले दूरबीनबाट बाहिर हेर्दै हामीलाई भने, “तपाईंहरू चलहल नगर्नुहोला। हाम्रा साथीहरू नै आएका हुन्कि होइनन्भनी हामी अझ विश्वस्त हुन बाँकी नै छ। अँ, ठीक छ। तीन जना नै रहेछन्।” त्यत्ति भनेर तिनीहरू विमानचालकको कोठाबाट बाहिर निस्के। विमानको भ¥याबनिर तिनीहरूका तीनजना साथीहरू बोकेर आएको एउटा कालो भ्यान टक्क अडियो अनि तिनीहरू त्यसभित्र पसे र सो भ्यान विस्तारै एयरपोर्टबाट बाहिरियो। त्यसको १० मिनेटपछि, अर्को विमानबाट केही सुरक्षाकर्मीहरू तथा तालिबानी सैनिकहरू हाम्रो विमानभित्र आए अनि हामीलाईआ–आफ्नो झोला जाँच्न लगाए।
अपहरणकारीहरूले कतैहाम्रो झोलामा बम छोडेर त गएका छैनन्भनेर तिनीहरू निश्चिन्त हुन चाहन्थे। केही समयपछि, विमानको मुनिपट्टि १७ किलो टाइम–बम रहेको कुरा पनि पत्ता लाग्यो जुन सुरक्षाकर्मीहरूले पछि निष्क्रिय बनाए। कुनै कुरा गडबडी भएमा विमान विष्फोट गर्ने अपहरणकारीहरूको योजना रहेको थियो र त्यसको रिमोट कन्ट्रोल तिनीहरूकै हातमा थियो। यसपछि, विमानभित्र सबैजनाले हर्षको आँशुझारे अनि एक अर्कालाईअङ्गालो हाल्दै आफूसित भएका मीठाइहरू एक अर्कासित बाँडे।
त्यसपछि, हामी सबैलाई भारत लैजाने विमानतर्फ लगियो जहाँ अफगानिस्तान र भारतका विदेशमन्त्रीले हामीलाई स्वागत गरेर सान्त्वनाका केही वचनहरू भने। मृत्युमाथि जितको उत्सव मनाउँदैविमानभित्र केक काटियो। त्यहाँबाट, बिदाइ हुनेबेलामा सबैको आँखामा आँशुथियो। करिब दुई घण्टामै हामी दिल्ली एयरपोर्टमा अवतरण ग¥यौँ। एयरपोर्टमा यात्रुहरूका आफन्तहरूको बाक्लो भीड जम्मा भएको थियो जो बडो आतुरताका साथ स्वागत गर्न पर्खिरहेका थिए। हर्ष र आँशुको साथमा सबैजना एकअर्कासित अंकमाल गरिरहेका थिए। सञ्चारकर्मीहरू चाहिँ प्रश्नहरू लिएर हामीलाई घेरिरहेका थिए। सबै यात्रुहरूलाई तिनीहरूकोगन्तव्यस्थानसम्म सुरक्षित पु¥याउन सरकारले अत्यन्तै राम्रो प्रबन्ध गरेकोथियो। गाडीभित्र प्रवेश गर्नुअघि एकजना सञ्चारकर्मीले मलाई सोधे, “तपाईंहरूको रिहाईको निम्ति तपाईंहरू कसलाई श्रेय दिन चाहनुहुन्छ? कुनै मन्त्रीको नाउँ लिन
चाहनुहुन्छ कि?” मैले तत्कालै जवाफ दिएँ, “मेरो प्रभुयेशूलाई ।” यसरी, मैले सबै महिमा परमेश्वरलाई दिएँ।
घर पुगिसकेपछि, मेरा सबै आफन्त तथा छिमेकीहरू ओइरो लाएर मलाई भेट्न आए। खुशी र उमङ्गको वातावरण थियो। साँच्चि नै, परमेश्वरले मृत्युर शिकारीको पासोमा परिसकेको व्यक्तिलाई पुनर्जीवन दिएर सकुशल फर्काउनुभएकोमा उहाँलाई धन्यवाद दिने कुनै शब्द मसित छैन। परमेश्वरलाई प्रेम गर्ने र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूको निम्ति सबै कुरा मिलेर भलाइ नै हुन्छ भन्ने कुरालाई यस घटनाले साँचो साबित गरिदिएको छ। मेरो जीवनमा उहाँकोउद्देश्य अझै पूरा हुन बाँकी रहेकोलेनै होला मैले परमेश्वरको अद्भुत र असाधारण कृपा तथा भलाइ चाखेँ। मैले भारत र नेपाल गरेर थुप्रै ठाउँहरूमा मेरो गवाही बाँडिसकेको छुर मेरो अन्तिम सास रहेसम्म म यो गवाही बाँडिरहनेछु। अन्त्यमा, अपहरणका ती आठ दिनहरूलाई सम्झँदा मेरोओठबाट सधैँ निस्कने एउटैगीतबाट मेरो गवाही टुङ्गग्याउन चाहन्छुः
घोर अन्धकार मार्गमा, नाश र मृत्युको खाडीमा
कष्टहरूको माझमा बचाउनुभो कृपाले
प्रशंसा गर्छौं, येशूको प्रशंसा गर्छौं
येशूको भलाइ याद गर्दै प्रशंसा गर्छौं
प्रस्तुतिः सुरेन्द्र बज्राचार्य
Discussion about this post