काठमाडौं, कालीमाटी स्थित स्वर्ण लक्ष्मी बहुद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डी.आई.जी. छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। आईतबार, काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर राज ढकालले उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्। हाल, लामिछाने र जोशी कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन्।
Discussion about this post