प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास तथा समृद्धीको लागि बढी भन्दा बढि प्रत्यक्ष लगानी भित्राएर सहयोग गर्न स्वीट्जरल्याण्डका सरकारलाई आग्रह गरेका छन्। शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार आएकी नेपालका लागि स्वीट्जरल्याण्डका राजदुत ‘डेनियल मेउलि’ संग प्रधानमन्त्री ओलीले नेपालका विकासका लागि बैदेशिक लगानी उत्प्रेरक हुने बताए। साथै उनले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड-१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावको लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद ज्ञापन गरेका छन्।
Discussion about this post