४ श्रावण, २०८१ – शुक्रबार, काठमाडौं। चुरोटमा प्रयोग हुने पदार्थहरुको उत्पादन, आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ। प्रदेश अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।
समितिको बैठकमा बोल्दै सभापति अब्दुल खानले चुरोटमा प्रयोग हुने फ्लेभर, क्याप्सुल तथा ट्याब्लेटहारु जस्ता नसालु पदार्थले मानब स्वास्थ्यमा गम्भिर असर पारेको र विभिन्न रोगबाट पिडित भएकाले नसालु पदार्थको उत्पादन, आयात तथा प्रयोगमा रोक लगाउन नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देश दिइएका हुन। सुर्तिजन्य पदार्थले मानब स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्नका लागी स्वास्थ्य तथा नसंख्या मन्त्रालयलाई पनि सुझाव दिने उनले बताएका छन्।
Discussion about this post