२०८१ साउन ३
काठमाडौँ। बंगलादेशमा सरकारी कोटा र आरक्षणको विरोधमा भइरहेको आन्दोलनमा परी ६ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
अत्यधिक युवा र बिद्यार्थी सहभागी आन्दोलन हिंसात्मक बन्न लागेपछि त्यसलाई मन्थर पार्न अनिश्चित कालको लागी मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ।
आन्दोलन दबाउन ढाका लगायत विभिन्न शहरमा प्रहरीले दर्जनौं अश्रु ग्यास पनि प्रहार गरेको छ ।
सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता संग्राममा सहभागिता जनाउनेका सन्तानलाई आरक्षण दिने भनिएपनि दुरुपयोग भएको भन्दै प्रदर्शन चर्किएको हो ।
www.khabardainik.com




















Discussion about this post