२०८१ वैशाख १४
जनकपुर । हाल कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाइएको छ ।
न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको कुरा अदालतका श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात अर्थात २०६४ चैत २७ गते बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई जिउदै इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए ।
श्रोत : www.khabardainik.com
Discussion about this post