२९ चैत्र, ललितपुर– नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा ‘प्रशंसा’ नामक नयाँ गीतले अहिलेको युवा पूस्ताको आवाजलाई सम्बोधन गर्ने होसन्ना मण्डलीका पास्टर राजु सुन्दासले बताउनुभयो ।
विहिवार ललितपुरमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै सेवक सुन्दासले अहिलेको युवा पुस्ता गित संगितमा धेरै अगाडी बढेकोले नेपाली चर्चले युवाहरुको आवाजलाई सम्बोधन गर्दै युवा मैत्री चर्च हुनुपर्नेमा जोड दिनुभयो ।
बुधवार काठमाण्डौँमा विमोचन गरिएको ‘प्रशंसा’ नामक नयाँ गीत नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि नेपाली बाइवलको भजनसंग्रह १०३ः १–५ बाट लिइएको हो । यो गीत https://www.youtube.com/@dmmnepalofficial DMM Nepal Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हाम्रो घर नेपालका अध्यक्ष देवीसरा वादी (हन्ना)ले यस गितले ह्दयका गहिराईमा इश्र्वरप्रतिको प्रेम, आदर सम्मान र भक्तिभावलाई सम्बोधन गरेकोले आफू पनि यस गितबाट आशिषित महशुस गरेको बताउनुभयो । उहाँले विशेषत गित युवाहरुको लागि केन्द्रीत रहेकोले सबै किसिमका युवाहरुलाई चर्चमा ल्याउन शिक्षा दिक्षा दिन नेपाली चर्च पछि पर्न नहुने बताए ।
प्रशंसा गर्नु भनेको हृदयको गहिराई अन्तरआत्मा देखि प्रभुप्रतिको आदर गर्नुभएकोले यस भक्तिपूर्ण गितद्वारा नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि उपयुक्त रहेको निर्माता पास्टर सुन्दासले बताउनुभयो ।
गायिका ममता गुरुङको सुमधुर स्वर रहेको गित प्रशंसामा शब्द तथा संगीत लेभेन्डर प्रि स्कुलका प्रिन्सिपल लिडिया लामाको रहेको छ भने उदयराज पौडेलले गीतलाई एरेन्ज गरेका हुन् ।
हेर्नुहोस् उक्त गीतको भिडिओ:
Discussion about this post