सोमबार, १४ फागुन २०८०
काठमाडौँ । देशभरबाट न्याय माग्दै काठमाडौँ आएका मिटरब्याज पीडितहरूलाई काठमाडौँको भृकुटी मण्डपबाट हटाउने तयारी भएको छ । समाज कल्याण परिषद्ले मिटरब्याज पीडितहरू बसिरहेको स्थान भृकुटीमण्डप खाली गर्न प्रमुख जिल्ला अधिकारीमार्फत प्रहरीलाई निर्देशन दिएपछि उनीहरूलाई हटाउने तयारी भएको हो ।
तर विकल्प बिना बसिरहेको स्थानबाट हटाउने स्थानीय प्रशासनको प्रयासप्रति पीडितहरूले विरोध गरेका छन् साथै एकजना पिडित अनुसार जनताको गुनासो राख्ने ठाउँ नहुनु, अन्याय बिरुद्ध अन्दोलित हुन नपाउनु निकै दुखःलाग्दो कुरो र अप्रजातान्त्रिक रबैया भएको कुरा बताए ।
www.khabardainik.com
Discussion about this post