१२ फागुन २०८०, शनिबार
काठमाडौँ । नयाँ दिल्लीमा हुने बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भागलिने क्रममा दिल्ली पुगेका नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ ।
रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको छ । विदेश मन्त्रालयको मुख्यालय रायसीना हिल (नयाँ दिल्ली) मा अवस्थित छ, जसलाई साउथ ब्लक पनि भनिन्छ। त्यसैले यस सम्मेलनको नाम रायसिना संवाद राखिएको हो ।
११५ देशका २५ सय प्रतिनिधि सहभागी हुने यस कारक्रममा सहभागी देशहरूले वर्तमान भू–राजनीतिक र भू–आर्थिक लगायतका धेरै विषयमा छलफल गर्नेछ्न् ।
यो सम्मेलन सन् २०१६ मा सुरु भएको थियो । पहिलो पटक यो सम्मेलन ‘एसिया क्षेत्रीय र ग्लोबल कनेक्टिभिटी’ भन्ने नाराका साथ आयोजना गरिएको हो । यो सम्मेलन सन् २०१६ पछि हरेक वर्ष आयोजना हुँदै आएको छ ।
www.khabardainik.com
Discussion about this post