२३ माघ २०८०, मङ्गलबार
भक्तपुर । आफ्नो क्लबको १४ औँ वार्षिकोत्सव को अवसरमाको कार्यक्रममा रफत सञ्चार क्लबले गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईसहित तीन जना पत्रकारलाई सम्मान गरेको छ।
उक्त क्लबले क्रियाशील पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका पत्रकार कृष्ण किसी राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नगदसहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेका हुन्।
कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सांसद सन्तोष परियार, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, रफत सञ्चार क्वलका अध्यक्ष शुशीलबन्धु थापा, प्रेमजन थापालगायतले पत्रकारिताको महत्वबारे चर्चा गरेका थिए।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठ, तुलबहादुर थापा एवं रूपा थापा स्मृति पत्रकारिता तथा कल्पना स्मृति तथा कल्पना स्मृति प्रतिष्ठानका संरक्षक प्रेमबहादुर थापा लगायतले व्यावसायिक र मर्यादित पत्रकारिता गर्न पत्रकारलाई आग्रह गर्नुभयो।
www.khabardainik.com



















Discussion about this post