बुधबार, माघ १७, २०८०
काठमाडौं । देशका केही भू–भागमा आज हिमपात, वर्षा हुने भएकाले चिसो थप बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली आजबाट नेपाल प्रवेश गर्ने भएकाले वर्षा र हिमपातसँगै चिसो बढ्ने भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज अपराह्नबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्नेछ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको अधिकारीले जानकारी दिए ।
www.khabardainik.com
Discussion about this post