२०८० पुष २९ ।। आईतवार
काठमाडौँ ॥ नेपालमा पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रको एक–दुई स्थानमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने कुरा मौसम विज्ञान विभागले पूर्व अनुमान लगाएको छ ।
सञ्जिव अधिकारी जो मौसम पूर्वानु्मान महाशाखामा मौसमविद रुपमा कार्यरत छन्, उनि अनुसार “आज पश्चिमी वायुको प्रभाव आंशिक रुपमा रहेको छ । रातिदेखि अलि बढी प्रभाव रहने भएकाले सोमबार र मंगलबार सामान्य बर्षाको सम्भावना रहेको छ । तराईमा भने बर्षाको सम्भावना छैन ।”
वर्षा भए पनि १० मिलिमिटरभन्दा कम नै बर्षा हुने उनको भनाइ छ साथै सोमबार रातिदेखि गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
source : www.khabardainik.com
Discussion about this post