शनिबार, २८ पुस २०८०
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी संस्थापक अध्यक्ष रञ्जिताले एक कार्यकाल आफूनै अध्यक्ष बनेर पार्टी हाँक्ने प्रस्ताव राख्दा राख्दै पनि रेमशम चौधरीले त्यसलाई अस्वीकार गर्दै आफैं अध्यक्ष बनेका छन् । नाउपाको प्रथम महाधिवेशनबाट रेशमलालल चौधरी अध्यक्षमा निर्वाचित भएका छन् ।
नवनिर्वाचित समितिको पहिलो बैठकले भने निवर्तमान अध्यक्ष श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । रेशम र रञ्जिता श्रीमान श्रीमति हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्रीसमेत रहेकी रञ्जिता पुनः पार्टी अध्यक्ष बन्न नपाएपछि महाधिवेशन छाडेर काठमाडौं फर्किसकेकी छन् । रेशमले भने उनलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय भएको पत्र पठाएका छन् ।
कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भइसकेका व्यक्ति पार्टीको अध्यक्ष बन्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न उठेको थियो तर चौधरीले आफूले निर्वाचन आयोगसँग परामर्श गरेर नै अध्यक्षको उम्मेदवारी दिएको जानकारी नेताहरुलाई दिएका थिए ।
निर्वाचन आयोगले भने यस बारेमा चौधरीले कुनै प्रकारको परामर्श नलिएको स्पष्ट पारेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले नागरिक उन्मुक्ति पार्टीले कुनै प्रकारको परामर्श नलिएको बताए ।
www.khabardainik.com



















Discussion about this post