पुष २८, २०८०, शनिबार
ताइवानमा आज (शनिबार) राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ। जसमा देशका १ करोड ९५ लाख मतदाता सहभागी हुँदै छन्। वर्तमान राष्ट्रपति साई इङ-वेनले आफ्नो दुई कार्यकाल पूरा गरिसकेकाले यस निर्वाचनबाट ताइवानले नयाँ राष्ट्रपति पाउने निश्चित छ। किनकि नियमअनुसार अब उनी तेस्रोपटक राष्ट्रपतिमा निर्वाचित हुन सक्दैनन्।
चीनले ताईवानलाई चेतावनी दिएको छ । चीनको रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको नयाँ चेतावनीमा भनिएको छ, ‘पिपुल्स लिबरेसन आर्मी सधैँ उच्च सतर्कतामा छ र ‘ताइवान स्वतन्त्रता’का लागि कुनै पनि पृथकतावादी योजनालाई दृढतापूर्वक कुचल्न सबै आवश्यक कदम चाल्नेछ।’
सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) ले आफ्ना नयाँ अध्यक्ष तथा वर्तमान उपराष्ट्रपति विलियम लाइलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। उनलाई ताइवानको स्वतन्त्रताको कट्टर समर्थक मानिन्छ।
विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) ले न्यु ताइपेईका मेयर होउ यु–इहलाई उम्मेदवार बनाएको छ। हौ यु–इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा छन्। यद्यपि उनको पार्टीले ‘चीन समर्थक’ भएको कुरा अस्वीकार गरिरहेको छ। केएमटीले आजको मतदानलाई ‘शान्ति र युद्धबीचको चुनाव’ भनेको छ।
यस्तै ‘ताइवान पिपुल्स पार्टी’ (टीपीपी) ले को वेन–जेलाई उम्मेदवार बनाएको छ।
www.khabardainik.com
Discussion about this post