पुष १३, २०८० शुक्रबार
काठमाडौं : उच्च अदालत पाटनले सबै जनालाई ईपीएस परीक्षामा सहभागी गराउन आदेश दिएको छ। न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले इपीएस परीक्षाको आवेदनमा छुटेका सीप बिल्डिङका सबै जनालाई सहभागी गराउन आदेश जारी गरेको हो।
ईपीएस परीक्षाको विषयलाई लिएर सीप बिल्डिङवालाहरू शुक्रबार बालकुमारीमा प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
अपरिपक्क र ढिलागरी आएको आदेशको कारण ठुलो दुर्घटना हुनपुग्यो, मन्त्रीको गाडी जलाईयो, मन्त्रिजस्तो सुरक्षाको घेरामा हिड्ने विआइपी भाग्नु पर्यो र दुइजनाले ज्यान समेत गुमाउन पुगे ।
www.khabardainik.com




















Discussion about this post