पुष ६, २०८० शुक्रबार
पेरु : पेरूको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामद गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले जनाएको छ।
राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले विज्ञप्तिमार्फत् इन्डोनेसियामा तस्करी गर्न लागेका जोर्ज चाभेज एयरपोर्टमा जीवित कछुवाहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
विज्ञप्तिका अनुसार बरामद गरिएका बच्चा कछुवाहरू ‘कार्डबोर्ड बक्स’ भित्र सानो पारदर्शी प्लास्टिकका भाँडामा फेला परेका थिए। पछिल्लो समय कछुवाहरू वन्यजन्तु वनस्पति परिशिष्टको लोपोन्मुख प्रजातिहरूमा अन्तर्राष्ट्रिय व्यापारको महासन्धि साइटीसमा सूचीबद्ध छन्।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले कछुवालाई लोप हुने जोखिममा रहेको सूचीमा राखेको छ। इन्टरपोलका अनुसार अवैध वन्यजन्तु उत्पादनको कालो बजार प्रति वर्ष २० अर्ब डलरसम्मको हुन्छ। परिणामस्वरूप धेरै प्रजातिलाई लोप हुने संघारमा धकेलिरहेको छ। साइटीसले कछुवाहरू संसारमा सबैभन्दा खतरामा परेका जनावरहरूमध्ये एक भएको बताएको छ।
www.khabardainik.com




















Discussion about this post