पुस ४, २०८० ॥ बुधबार
काठमाडाैं | सीजी मोटर्सले विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’को नेपालमा आधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने तयारी थालेको छ ।
नेपालमा बिक्री गर्ने नेटा, लाइट कमर्शियल भेइकल केवाईसी, किङलङलगायत सम्पूर्ण गाडीहरूमा सीएटीएलकै ब्याट्री जडान हुने गरेको छ ।
यसका साथै विद्युतीय गाडी बिक्री वितरणको प्रमुख हिस्सासमेत सीएटीएल रहेकोले सीजीलाई सर्भिस सेन्टरको काम अगाडि बढाउन भनिएको हो । सोही अनुसार सीसी मोटर्सले अब नेपालमा सीएटीएलका लागि आधिकारिक सर्भिस कम्पनीका रुपमा काम गर्नेछ ।
सर्भिस सेन्टरको स्थापना पछि सीएटीएल ब्याट्रीसँग सम्बन्धित सम्पूर्ण सेवाहरू नेपालबाटै लिन सकिने छ ।
www.khabardainik.com
Discussion about this post