२९ मंसिर २०८०, शुक्रबार
नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपियाँ धरौटीमा छोड्न आदेश दिएसँगै छोड्नका लागि प्रक्रिया पुर्याउन काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
खाणले काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रुपियाँको बैंक ग्यारेन्टी बुझाएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाणलाई छोडिनेछ ।
सात महिनादेखि पुर्पक्षका लागि थुनामा रहेका खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्नू भन्ने उच्च अदालतका न्यायाधीश जनक पाण्डेले मंसिर १५ मा दिएको रायका पक्षमा बिहीबार तेस्रो न्यायाधीशबाट आदेश आएपछि उनी छुट्ने भएका हुन् ।
खाणबाहेक दस जनालाई उच्च अदालतले १३ दिनअघि छाड्ने आदेश दिइसकेको छ । खाणलाई छाड्नु भन्ने पाण्डेको रायमा आफू सहमत हुन नसकेको भन्दै न्यायाधीश प्रकाश खरेलले मंसिर १५ मा फरक राय दिएका थिए ।
खाण २०८० वैशाख २७ मा काठमाडौं मैजुबहालबाट पक्राउ परेका थिए ।
www.khabardainik.com



















Discussion about this post