२०८० मंसिर २१ ॥ विहिवार
बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ प्रकृतिको मात्र रहेकाले जुनसुकै दिन रोकिन सक्ने बताएका छन् ।
‘उपत्यकाको फोहोर व्यवस्थापन एकदमै मार्जिनल टाइपले भइरहेको छ । भरे पनि रोकिन सक्छ । भोलि पनि रोकिन सक्छ । केवल काम चलाउको रुपमा भइरहेको छ । यसलाई दिगोपन दिनुपर्छ’, उनले भने ।
सरकारले काठमाडौं उपत्यकाको फोहोर फाल्नका लागि बञ्चरेडाँडामा पूर्वाधार बनाएको छ । तर त्यहाँ कुहिने र नकुहिने फोहोर सही ढंगले व्यवस्थापन नगर्दा ५० वर्षका लागि डिजाइन गरेको पूर्वाधार १० वर्ष पनि नटिक्ने जोखिम देखिएको उनको भनाइ छ ।
www.khabardainik.com
Discussion about this post