२०८० मंसिर २१, विहिवार
काठमाडौँ ॥ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक साथै अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी इलिन लाउबाचरबीच भेटवार्ता भएको छ ।
उनी बुधबार काठमाडौं आएकी थिइन् । काठमाडौं आएलगत्तै उनले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् ।
लाउबाचरले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीको रूपमा पनि काम गरेकी थिइन् ।
नेपाल र अमेरिकाबीचको कूटनीतिक आदानप्रदानलाई निरन्तरता दिन कैयौँ वरिष्ठ अमेरिकी अधिकारीले नेपाल भ्रमण गरिसकेका छन् भने अझै एक साताभित्रै नेपाल आउने कार्यक्रम रहेको छ । यूएसएआईडीका एसियाका लागि ब्यूरोका सहायक प्रशासक माइकल शिफर काठमाडौंमा छन् । बुधबार नेपाल आएका उनले सोही दिन अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरेका थिए ।
Discussion about this post