१६ मंसिर २०८०, शनिबार
१६ मंसिर । काठमाडौं महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचना अनुसार करार सेवामा २३० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन गर्न २१ जना सुपरिवेक्षक र २०९ जना गणकका लागि आवेदन आह्वान गरेको हो ।
सुपरिवेक्षकलाई मासिक ३४ हजार ७३० रुपैयाँ र गणकलाई ३२ हजार ९०२ रुपैयाँ दिइने छ । अनलाइन प्रतिवेदनका लागि इन्टरनेटम वापत मासिक २ हजार रुपैयाँ पनि महानगरपालिकाले उपलब्ध गराउने छ ।
सुपरिवेक्षक र गणक दुवै पदका कर्मचारीले बढीमा ५ महिना करार सेवामा काम गर्नुपर्ने सूचनामा लेखिएको छ ।
आबेदनको लागि
onlineapplication.kathmandu.gov.np
Discussion about this post