१० मंसिर २०८०, आइतबार
झापा । मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । उनि अठार वर्षअघि वैदेशिक रोजगारीका क्रममा मलेसियामा गएका थिए र एक हप्ता पछि हराएका थिए ।
विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए । घर फर्किँदा उनि ३७ वर्षको भैसकेका थिए । मलेसिया पुगेको एक सातापछि उनिमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो र तेस्को उहाँको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो ।
गोपालकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा मलेसियामा खोजि र उद्धार गरि नेपालसम्म ल्याउन पहल गर्नुभएको थियो ।
“गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो”, सांसद शर्माले उद्धारप्रति खुसी व्यक्त गर्दै भने , “यो नै सबैभन्दा ठूलो खुसी हो ।”
गैरकानुनीरूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली रु. एक लाख चार हजार एक सय ६० तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पङ्गेनीले जानकारी दिए ।
विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गरेकी छिन् । उन्ले छोरा खोजिदिन पहल गरिदिनुहुने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गरेकी छिन् ।
Source : www.khabardainik.com
Discussion about this post