• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 4, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बागमती प्रदेशका ३६० पत्रकारको सामूहिक दुर्घटना बिमा

by Sushil Paudyal
October 8, 2023
in News & Events

हेटौँडा, असोज २० गते । सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेश हेटौँडाले प्रदेशका ३६० जना पत्रकारको सामूहिक दुर्घटना बिमा गरिदिएको छ । बिमा ऐन २०४९ को दफा ८ को उपदफा (घ२) अनुसार र बिमा समितिले बनाएको दुर्घटना बिमा निर्देशिका २०७८ बमोजिम सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशबाट परिचयपत्र प्राप्त गरी नवीकरण गर्नुभएका ३६० जना पत्रकारको सामूहिक दुर्घटना बिमा गरिएको हो ।

प्रतिव्यक्ति सात लाख रुपियाँसम्मको सामूहिक दुर्घटना बिमा नेपाल सरकारको स्वामित्व प्राप्त राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग गरिएको सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

पहिलो चरणको यो बिमा कार्यक्रम बिमा लागूभएको मितिले ३६५ दिन कायम रहने उहाँले बताउनुभयो । सञ्चार रजिष्ट्रारको कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर नवीकरण गर्न बाँकी रहेका पत्रकारहरूले आफ्नो परिचयपत्र नवीकरण गरी दोस्रो चरणको बिमा कार्यक्रममा सहभागी हुन सक्नेछन् सञ्चार रजिष्ट्रार सापकोटाले जानकारी दिनुभयो ।

दुर्घटनामा परि मृत्यु भएमा बिमामार्फत उपलब्ध गराइने रकमले शववाहनदेखि किरिया खर्चगर्न सक्ने उल्लेख छ । क्रियाशील भएर काम गर्ने पत्रकारको मनोबल बढाउन, उनीहरू सुरक्षित भएर तष्टस्थ रूपमा काम गर्न सक्ने वातावरणको श्रृर्जना गर्नका लागि बिमा कार्यक्रम प्रभावकारी बन्ने सञ्चार रजिष्ट्रार सापकोटाको विश्वास छ ।पत्रकारले सुरक्षित महसुस गर्न सके मात्रै गुणस्तरीय समाचार लेख्न मद्दत पुग्छ, आगामी दिनमा सामाजिक सुरक्षामा लैजाने योजना पनि बनाइरहेका छौँ, सञ्चार रजिष्ट्रार सापकोटाले भन्नुभयो ।

उहाँले सम्बन्धित पत्रकार, सञ्चार माध्यम र सरकारको सहभागितामा २५/२५ र सरकारको तर्फबाट ५० प्रतिशत रकम व्यहोर्नेगरी सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेगरी योजना बनाउँदै गरेको र पत्रकारको संस्थागत विकास र सुरक्षामा यस्ता कार्यक्रमले थप ऊर्जा थप्नमद्दत पुग्ने बताउनुभयो ।

बागमती प्रदेश सरकारले प्रदेश सञ्चार माध्यम ऐन २०७५ बनाएपछि ऐनमार्फत प्रदेशमा रजिष्ट्रार नियुक्त गरिएको थियो । देश सङ्घीय संरचनामा गएपछि प्रादेशिक तहबाट बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयबाट परिचयपत्र वितरण गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घको सिफारिसमा अघिल्लो वर्ष एकहजार ५८४ जना पत्रकारहरूको सामूहिक दुर्घटना बिमा गरिएको थियो । नेपालका ५० प्रतिशत पत्रकार र ७० प्रतिशत सञ्चार माध्यम बागमती प्रदेशको रहेको तथ्याङ्क छ । श्रोत : खबरदैनिक

www.khabardainik.com

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Vacancy at ECTC

October 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC
  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In