भदौ १०, २०८० आइतबार
रामेछाप : मन्थली नगरपालिकाले माझी जातिको संस्कृति संरक्षण गर्न वाद्यवादन वितरण गरेको छ।
नगरपालिका भित्रका माझी समुदायलाई ढोलक, मादल र झ्याली वितरण गरिएको हो। मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल माझी उत्थान संघ रामेछापले १३ वटा माझी समूहलाई सामग्री वितरण गरेको हो।
नगरपालिका प्रमुख लब श्रेष्ठले माझी समुदायको चाडपर्व तथा पितृ संस्कारमा नभई नहुने वाद्यवादनका सामग्री प्रदान गरिएको बताए।
श्रोत : खबर दैनिक
Discussion about this post