• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, May 17, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

झूठो शिक्षा र झूठा अगमवक्ताहरु

by P. A. Thomas
March 7, 2014
in Bible Study & Teaching, False Techings

paमण्डलीको वृद्धिको साथै विभिन्न खालका र निकै प्रभावित पार्ने झूठो शिक्षाहरु र त्यसका प्रवर्तकहर प्रशस्त देखा पर्न थालेका छन् । तिनीहरको नयाँ विचार र शिक्षा, प्रभाव पार्ने प्रचार प्रसार, चक्क पार्ने कार्यहरुले आत्मिक क्षेत्रलाई कब्जा गर्न थालेका छन् । अनन्तताको जीवनभन्दा पनि अहिलेको जीवनमा समृद्धि, सफलता र प्रशस्तिको पछि लाग्न र भौतिक कुराहरुमा बढी महत्व दिन र यी सबैलाई परमेश्वरीय आशिषको चिनो बनाउन यिनिहरले ख्रीष्टियनहरलाई उक्साउँछन् । यस्ताहरुको वृद्धि र प्रचुता नै अन्तिम समयको चिन्हहरुमध्ये एउटा हो । मत्ती २४:४,२३,२४ मा परमेश्वरका निम्ति अलग भएकाहरुलाई पनि यिनीहरले चलाउने कुरा उल्लेखित छ ।

ख्रीष्ट भने शब्दको अर्थ अभिषिक्त हो । आफैलाई परमेश्वरबाट विशेष अभिषिक्तको रुपमा घोषणा गरी आफ्नो अनुयायीहरुलाई त्यसको प्रचार प्रसारमा लगाउने यस्ताहरुको तरीका हो । आजभोली देखिनै थुप्रै व्यक्तिवादि समूहहरुले यस्ता झूठा ख्रीष्टहरुको परिचय दिन्छन् । यिनीहरुले देखाउने अचम्मका अनुभूति र अनुभवहरुको पछि लागि छुट्कारा र सफलता खोज्नेहरु धेरै छन् ।

येशूको र प्रेरितीय मण्डलीको समयमा पनि सत्य शिक्षालाई अपभ्रंस गरी युक्तिलाई चित्त बुझाउने र आत्मिक अनुभवहरुमा भुलाउने झूठो शिक्षाहरु प्रकट भएको कुरा र त्यसका विरुद्धमा येशूले र प्रेरितहरुले विरोध र कडा प्रतिवाद गरेका कुरा हामी बिर्सनुहुन्दैन । परमेश्वरको कामलाई र सत्यको सिद्धान्तलाई विथोल्न र निस्तेज पार्न खोज्ने यस्ता शत्रूको कामलाई हामीले समयमा नै पहिचान गरी नङक्रयाउनु पर्दछ ।

आधारभुत ख्रीष्टिय शिक्षामा भएको अनभिज्ञता र आत्मिक अनुभव तथा अनुभवहरलाई वचनको सत्यताको सामु जाँच गर्न नसक्नु नै यस्ता शिक्षाहरुको प्रचुरताको मुख्य कारणहरु हुन् । आफ्नो विचार, चिन्तन र तर्कहरुलाई बाईबलका टुक्रा टाक्रि पदहरुको मनगढन्ते व्याख्या गरी स्थापित गर्न खोज्ने Pick and choose तरीका यस्ताहरुले निकै प्रभावकारी रुपमा प्रयोग गर्छन् । मानिसहरुले चाहेका र खोजेका कुराहरु दिई र भौतिक कुराहरुको समृद्धि तथा सफलतामा कर्म मार्गयि रुपमा उतारी तिनहिरुलाई मख पार्न खोज्ने नै यिनीहरुको तरीका हो । त्यस कारण कर्म मार्गमा रुमलिएका पूर्वी र गरीबी मुलूकहरुमा पश्चिमी मुलूकहरुको तुलनामा यिनीहरु बढी सफलता पाउँछन् ।

शिक्षा र व्यावहारिक जीवनमा गलत र मिसावट तरीकाहरु अप्नाउने समूहहरुलाई कल्ट्स (Cults)  भने चलन छ । ल्याटिन भाषामा यो शब्दको अर्थ आराधना हो । आराधना वा उपासनालाई आवेगात्मक रुपमा चलाई अबोध मानसिक र आत्मिक आनन्दको अनुभूति गरउन खोज्नु यिनीहरुको मुख्य काम हो । शिक्षा र सत्य भन्दा अनुभव र अनुभूतिलाई यिनीहरले बढी महत्व दिन्छन् । बाइबलको ऐतिहासिक शिक्षा भन्दा पनि एक जना व्यक्तिको विचार र आनुभाविक व्याख्यालाई यिनीहरुले बढी महत्व दिई आधार बनाउँछन् । त्यस्ता व्यक्तित्वहरुको मन पर्ने वा मन नपर्ने कुराहरु वा तिनीहरुले पाएको विशेष दर्शनहरु तिनीहरुको शिक्षाको आधारको रुपमा प्रस्तुत हुन्छन् । त्यो शिक्षा वा कार्यहरुसँग विमति जनाउने वा बहस गर्नेहरुमाथि कडा कार्वाई हुन्छ र निकै एकता र अनुशासन कायम राख्छ । तिनीहरुमा देखिने एकता, कटिबद्धता तथा अनुशासन हाम्रोलागि चुनौतिको कुरा हो । अक्सर यिनीहरुले आफैलाई प्रेरितीय, सच्चा र पूर्ण मण्डलीको रुपमा प्रस्तुत गर्छन् र अरुहरुलाई झूठा र तुच्छ ठान्छन् ।

झूठो शिक्षक, झूठो अगमवक्ता, झूठो प्रेरित, झूठो ख्रीष्ट आदि थुप्रै शब्दहरुमा यस्ताहरुलाई बाइबलले प्रस्तुत गरेको छ । व्यवस्था १९:२०-२२, यशैया ३०:१०-१४, यर्मिया ५:३१ आदिमा  यही कुरा उल्लेखित छ भने गन्ती २३:१९ले यिनीहरुको पहिचान कसरी गर्ने भनेर लेखिएको छ । तर कसैले भनेको कुरा भयो भन्दैमा त्यो सत्य ठहरिँदैन भने कुरा पनि व्यवस्था १३:२-५मा उल्लेखित छ । तर्सथ कसैको शिक्षा, कार्य र काम जतिको राम्रो देखिएतापनि बाइबलको शिक्षा र ऐतिहासिक रुपमा स्वीकृत सिद्धान्तसँग मिल्दैन भने त्यसको स्रोत शैतान हो र त्यो तिरस्कृत हुनुपर्छ । वचनको सत्यता भन्दा कुनै अगमवाणी वा अनुभवलाई हामीले महत्व दिनुहुँदैन ।

यस्ता शिक्षकहरु मात्र नभई तिनहिरुको पछि लाग्ने माथि पनि परमेश्वरको न्याय प्रकट हुन्छ । यर्मिया १४:१४-१६ र मीका ३:५-७ मा पनि यही कुरा स्पष्ट पारेको छ । येशू र प्रेरितहरुले पनि यस्ता कुराहरमा पर्याप्त चेतावनी दिनुभएको छ । मत्ती ७:१५, २४:२३,२४, मर्कुस १३:६,२१,२२, २ कोरि ११:१४, गलाती १:८,९, कल २:८, २ थिस्स २, १ तिमो १:३,४, ४:१,२, २ पत्रू २, १ यूह २:१८-२३, यहुदा ४-९ आदि अध्ययन गर्नुहोस् ।  यिनीहरुले कहिलै आफैलाई वचनको सामु जाँच गर्न वा अरुमा काम गर्ने परमेश्वरको कामलाई स्वीकार्न तयार हुँदैनन् बरु आफैलाई मात्र सिद्ध र पूर्ण मान्छन् र त्यसरी नै सिकाउँछन् । यस्ताहरुको विरोधमा सिकाउन, खण्डन गर्न, भत्सना गर्न र खुलस्त पार्न पावलले मण्डलीलाई २ तिमो ४:२-४मा जिम्मेवार बनाउँछ ।

झूठा शिक्षकहरु को हुन् ?

अनौटा कुराहरु सिकाएर र अचम्मका कामहरु गरेर विश्वासीहरुलाई विचलित पार्न खोज्ने झूठा ख्रीष्टहरु र झूठा अगमवक्ताहरु नै यी झूठा शिक्षकहरु हुन् भनी येशू प्रभु आफै मर्कूस १३:५,६,२२मा भन्नुभएको छ । बाइबलको सिद्धान्तहरुमा पक्का नभएका विश्वासीहरुलाई यस्ता शिक्षामा फँसाउनु सजिलो छ । शुरुको मण्डलीको समय देखिनै यो समस्या विद्यमान थियो । गलाती मण्डलीलाई धार्मिक कर्महरु, चार्डपर्व, आदि विभिन्न कुराहरुले विचलित पारेकोमा पावलले सशक्त रुपमा ती कुराहरुको खण्डन गरी पत्र पठाएको सत्य -गलाती १:६-९) हामी बिर्सनुहुँदैन । कोरिन्थमा पनि घमण्ड र स्वप्रशंसाले फुलेका विश्वासीहरुलाई यस्ता शिक्षकहरुले रुपैया पैसाको लोभमा र अन्य कर्महरुमा फँसाएकोमा २ कोरि ११:२-४ मा पावलले खण्डन गरेका छन् ।

येशूले यिनीहरुलाई भेडाको भेषमा आउने बा“उसोहरु भनी मत्ती ७:१५मा बोलाउनुभएको छ । यहूदीहरुको बीचमा आएका यस्ताहरुको बारेमा इजकिएल २२:२७, सपनयाहृ ३:३ मा बताइएको छ । येशूले फेरी मत्ती १०:१६ र यूहन्ना १०:१२ मा पनि यस्ताहरुको बारेमा उल्लेख गर्नुभएको छ । पावलले प्रेरित २०:२९ मा यस्ताहरुको बारेमा चेतावनी दिएका छन् । पुरानो करारमा अगमवक्ताहरुले आफ्नो अधिकार प्रकट गर्न भुत्लाका लुगा लगाउने चलन थियो -१ राजा १९:१३,१९, २ राजा १:८) । यिनीहरु संख्यामा बढ्दै जाने र सफल हुने कुरा येशूले मत्ती २४:११,१२ र पावलले २ तिमोथी ४:३,४ मा भन्नुभएको छ । यस्ताहरुको बारेमा येशूले फेरी मर्कूस १३:२२,२३ र मत्ती २४:२४ मा चेतावनी दिनुभयो भने तिनीहरुको अन्तको बारेमा मत्ती ७:२२,२३ मा बताउनुभएको छ ।

झूठा शिक्षकहरुको वास्तविकता

यिनीहरु दुइ किसिमको आपत्ति मण्डलमिाथि ल्याउँछन् । तिनीहरुले परमेश्वरशास्त्रिय र समाजशास्त्रिय समास्याहरु ल्याउँछन् । बाइबलको सिद्धान्तहरुलाई तिनहिरुले आफ्नो रुची र फाइदाको निम्ति बँग्याउँछन् र तिनीहरुको चाल चलन र रीत रिवाजले सामाजिक असन्तुलन ल्याउ“छ । सम्पती र पैसाको लोभ, यौन सम्बन्धमा छाडापना, अफ्नेा कुरा नमान्नेहरुमथि दमन आदिले तिनीहरु कुनाम कमाएका छन् । तिनीहरु मान र सम्पत्तिको कमाई र सुख विलासतिर उन्मुख हुन्छन् । यस्ताहरुको बारेमा पत्रूसले २ पत्रूस २:१-३, १२-१९ मा सविस्तार लेखेका छन् । परमेश्वरको वचनमा यस्ताहरुलाई दिएका नामहरुबाट नै तिनहिरुको स्वभाव प्रकट हुन्छ । प्रेरित २०:२९मा डरलाग्दा ब्वाँसाहरु, यहूदा १२,१३,१६ र १८मा तिनीहरु प्रीतिभोजमा कलङ्क,  आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन्,  बतासले उड़ाइलैजाने पानीविनाको बादलसरह छन्,  हिउँदका फलहीन वृक्षजस्ता, जो दुई पल्ट मरिसकेका र जरैसमेत उखेलिएका हुन्छन्, तिनीहरू समुद्रका उर्लदा छालहरूजस्तै हुन्, जसले तिनीहरूका आफ्नै निर्लज्जताको फीँज उकेल्छन्,  यी बत्तिएका दिशाहीन ताराहरूजस्ता छन्, जसका निम्ति पातालको अन्धकार अनन्तको लागि राखिएको छ, फतफताउनेहरू, असन्तोषीहरू, आफ्ना कुइच्छाअनुसार हिँड्नेहरू, घमण्डी कुरा बोल्नेहरू र लाभको निम्ति मानिसहरूको चापलूसी गर्नेहरू यी नै हुन्। तिनीहरू आखिरी समयमा आफ्नै भक्तिहीन वासनाको पछि लागेर गिल्ला गर्नेहरू हुनेछन्। त्यसरी २ पत्रूस २:१२,१३,१७,२२ मा यी मानिसहरू आफैले नबुझेका कुराहरूको निन्दा गर्छन्। यिनीहरू विवेकहीन जनावरहरूजस्ता छन्, र स्वाभाविक इच्छाहरूका वशमा रहन्छन्। यिनीहरू पक्रेर मारिनलाई जन्मेकाहरूजस्तै छन्, र यिनीहरू पशुहरूजस्तै नष्ट हुनेछन्। आफूले गरेका खराबीहरूका निम्ति तिनीहरू आफैले पनि खराबी भोग्नेछन्। दिउँसै भोग–विलासमा मग्न रहनु यिनीहरू खुशीको कुरा ठान्छन्। तिनीहरू धब्बा र खोटहरू हुन्, र तिमीहरूसँग भोजमा बस्दा तिनीहरू बेसरी खाँदै पिउँदै विलासितामा मग्न रहन्छन्। तिनीहरू पानी नभएका मुहानहरू हुन्, आँधीले उड़ाएका तुवाँला हुन्। तिनीहरूका निम्ति पातालको अन्धकार साँचिएको छ। यी सत्य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्नै बान्तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्छ।”

झूठा शिक्षकहरुको पहिचान कसरी गर्ने ?

परमेश्वरको नबदलिने वचन हामीलाई दिइएको सबभन्दा महत्वपूर्ण हतियार हो । हामीले सुन्ने वचन तथा पाउने सबै आत्मिक सेवाको हामीले वचन प्रयोग गरी जाँच्नुपर्दछ । बेरोयाका ख्रीष्टियनहरु त्यही गरेकोले प्रेरित १७:११ मा तिनीहरुलाई असल भनेका छन् । पावलले त्यही सल्लाह गलाती १:८,९ मा मण्डलीलाई दिएका छन् । अगमवत्ताहरुको वचनको जाँच गर्नुपर्ने कुरा १ कोरि १४:२९, व्यवस्था १८:२०-२२ र यर्मिया१४:१५,२३:३० मा स्पष्ट लेखेको छ । १ यूहन्ना ४:१ मा प्रेरित यूहन्नाले र २ कोरि ११:१३-१५ र १ थिस्स ५:२१ मा पावलले पनि यही जोडसाथ लेखेका छन् । प्रभु येशू आफै मत्ती ७:१६-१८ मा यस्ताहरुलाई तिनीहरुको फलबाट चिन्नुपर्ने कुरा सिकाउनुभएको छ ।

फलबाट कसरी चिन्ने ?

फल एक रुखबाट स्वाभाविक रुपमा आफै आफै निस्कन्छ र त्यसले रुखको पहिचान र वास्तविकता प्रकट गर्छ । जुन बिउँबाट उम्रेको हो त्यही बिउँ भएको फल नै त्यसले उत्पादन गर्छ । यूहन्ना १५:४-६ मा येशूले हामलिाई उहाँमा रहन र उहाँमा फल्न निम्त्याउनुभएको छ । फल फल्नलाई लगातार रुपमा  रुखमा रहीरहन आवश्यक हुन्छ, त्यसरी ख्रीष्टमा लगातार र नियमित रुपमा नरहनेले ख्रीष्टमा फल फलाउन असम्भव हुन्छ । उहाँमा रहन उहाँको सत्यमा जिउन -यूह ८:३१,३२, १५:३) आवश्यक हुन्छ । आत्मिक फल मानिसमा पवित्र आत्माले ल्याउँछन् र गलाती ५:२२,२३ मा भएका चरित्रले प्रकट गर्छन् ।

झूठा शिक्षकहरुलाई चिन्न तिनीहरुले प्रकट गर्ने निम्न तीन फलहरुको बारेमा वचनमा प्रकाशित पारेको छ ।

१. तिनीहरुको शिक्षा

परमेश्वरको वचनको सत्यता भन्दा पनि तिनीहरुले अफ्नो चिन्तन र सिद्धान्तहरुको प्रचार गर्छन् । यर्मिया २३:१६,२१,२५-२६ र इजकिएल १३:२ मा यस्ताहरुको चालको विवरण दिएको छ भने तिनीहरुले कसरी मानिसहरुलाई झूठो अँश्वासन दिई धोखा दिन्छन् भनी यर्मिया ६:१४, ८:११ र २३:१७ मा तथा इजकिएल १३:१० मा बताइएको छ । तिनहिरु मानिसहरुले रुचाउने कुरा गर्छन् -१ राजा २२:८,१३, २ तिमो ४:३-५) र ख्रीष्टमा भएको पूर्ण मुक्ति र उहाँको प्रभुत्वलाई इनकार गर्ने हुन्छन् -१ यूह ४:२,३, २ पत्रू २:१) ।

२. तिनीहरुको लक्ष्य

परमेश्वरको वचनको पूर्णता र अधिकारलाई इनकार गरी विश्वासीहरुलाई विचलित र विभाजित पार्ने प्रयास यिनीहरुको हुन्छ । यर्मिया२३:२,१४, २ पत्रूस २:२, प्रेरित १३:८, मर्कू १३:२२ आदिमा यही कुरा प्रष्ट पारिएको छ । शैतानले गरे जस्तो सन्तहरुलाई परमेश्वरबाट अलग गर्नु नै यिनीहरुको लक्ष्य हुन्छ ।

३. तिनीहरुको चरित्र

परमेश्वरलाई महिमा दिने केही चरित्र यिनीहरुमा हुँदैनन् । बाहिरी रुपमा प्रेम, सेवा आदिको प्रदर्शन गरे ता पनि यिनीहरु भित्रि रुपमा लुचुवाहरु नै हुन्छन् । यस्ताहरु धन सम्पत्तिको लोभ गर्नेहरु -यर्मिया८:१०, तीतस १:११, २ पत्रू २:३,१४), अनैतिक र मैला इच्छाहरु पूरा गर्न खोज्नेहरु -यर्मिया२३:११,१४, २ पत्रू २:१४), आफ्नो बाटो र योजना खोज्नेहरु -यहूदा ११, २ पत्रू २:९,२१, ३:४), कमजोरहरुको फाइदा उठाउनेहरु -२ तिमो ३:६-७, २ पत्रू २:१४) र भक्तिको भेष लागाई लगाई त्यसको शक्तिलाई इनकार गर्नेहरु -तीतस १:१६, २ तिमो ३:५, मत्ती ७:२२,२३) हुन्छन् ।

येशूले भन्नुभयो, “के अन्धाले अन्धालाई डोर्याउन सक्छरु के तिनीहरू दुवै खाड़लमा पर्दैनन् र ” यसकारण शिक्षा र जीवनशैली बारेमा हामी नितान्त चनाखो रहन आवश्यक छ ।

दुइ किसिमको झूठो शिक्षा : Christian heresies and non-Christian heresies. येशू, उहाँको शिक्षा र उहाँमा भएको उद्वारलाई स्वीकार्ने तर परमेश्वरको वचनको अन्य गहकिलो शिक्षालाई बङ्गयाउने र ओझेलमा पार्ने काम गरी वचनमा नभएका सिद्धान्त तथा परम्पराहरुलाई प्रयोगमा ल्याउन उक्साउने चाहिँ ख्रीष्टिय झूठो शिक्षा हो । येशूलाई मुक्तिदाता स्वीकार गरे मात्र परमेश्वरको सबै प्रतिज्ञाहरु हामीलाई प्राप्त हुन्छ भनी यिनीहरु सिकाउँछन् । बप्तिस्मा, संसारसगँ एकै चालमा न जिउनु, पवित्र जीवन तथा आत्मिक वृद्धि आदि बाइबल र मण्डलीका अन्य शिक्षहरुलाई यिनीहरु महत्व दिँदैनन् । यिनीहरुले विश्वासलाई एक मनोवैज्ञानिक अभ्यास वा कर्म मार्गको आधारको रुपमा प्रस्तुत गर्छन् । जीवनशैली र मूल्य  मान्यताहरुमा खास परिवर्तन नल्याई येशूलाइ हृदयमा स्वीकार्ने कुराको मात्र यिनीहरुले प्रचार गर्छन् । यही संसारमा नै परमेश्वरबाट सबै आशिष प्राप्त गर्ने उपायको रुपमा तिनीहरु विश्वासलाई प्रचार गर्छन् र बाइबलमा न भएको थुप्रै नयाँ सिद्धान्त र आचरणहरुको प्रतिपादन गर्छन् । समृद्धिको सुसमाचार, विश्वासको चौथो तह, श्रापमोचन, पवित्र हा“सो, पवित्र कर्राई, फूकेर लडाउनु, आराधना नाँच, प्रेस अन्ड भरसिप आदि नयाँ तरीकाहरुले परमेश्वरलाई रिझाउने र उहाँबाट अशिष झार्ने पद्धति यिनीहरुले सिकाउँछन् । परमेश्वरको वचनमा आधार नभएको यस्तो कुराहरुले अनाज्ञाकारिताको आत्मालाई -एफी २:२) बढावा दिन्छ । हामी ध्यान दिनुपर्ने कुराहरु के के हुन् भनी पावलले १ तिमो ४:१३-१६ स्पष्ट सिकाइएको छ ।

परम्परागत रुपमा पहिले देखी मानी आएको कति कुरा तथा रीति रिवाजहरुलाई ख्रीष्टिय भेष लगाई निरन्तरता दिन खोज्ने प्रयास र त्यसलाई आधिकारिकता दिन पुरानो करारको यहूदी धर्मको परम्परा र रीत रिवाज तथा केही बाइलीय पदहरुलाई प्रसंगबाट अल्ग्याई व्याख्या गर्ने प्रयास यिनीहरुले गर्छन् । र कति पटक सस्कृति र चलनको कुराहरु मिर्साई सिकाउँछन् । याकूबलाइ थाह नदिई राहेलले लाबानको मूर्तिहरु चोरेर ल्याएको -उत्प ३१:३२) जस्तो दिन, महिना, मुहूर्त, शुभ शकुन आदिको अचरणको विरुद्धमा पावलले गला ४:८-११ मा सिकाइएका छन् । जन्म, विवाह, यात्रा र मृत्यु आदिको बेलामा यस्ता कुराहरु प्रत्यक्ष वा परोक्ष रुपमा मान्ने कुराहरु आत्मिक जीवनमा आपत्तिजनक हुन्छ । शुरुमा कुनै आपत्तिको नलाए पनि बिस्तारै यी कुराहरु पुराना परम्परा र देवी देवताप्रतिको सम्बन्धको कटीको रुपमा देखा पर्छन् र पवित्र आत्माको कामलाई बाधा ल्याउँछन् ।

हामीले येशूले भन्नुभएको कुराहरुमा ध्यान दिनुपर्दछ । येशूले भन्नुभयो, “कसैले दुई मालिकको सेवा गर्न सक्दैन।” र “हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ।”

 Written By P.A Thomas

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

Recent Posts

  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In