• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, November 27, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीनको मृत्यु

by Sushil Paudyal
August 2, 2023
in Health, News & Events

साउन १७, २०८० बुधबार

कैलाली : सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ। सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ।

यस प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म तीन सय २५ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। त्यस्तै कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा छ, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेल्धुरामा दुई जनामा सङ्क्रमण देखिएको हो। सङ्क्रमणका कारण यस वर्ष मृत्यु भने शून्य छ।

यसअघि गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा तीन जनाको मृत्यु भएको थियो। लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षात्को समयमा हुने भएकाले बिरामीको सङ्ख्या बढ्दै गएको जोशीले बताए। उनले भने, ‘गर्मी र वर्षात्मा सङ्क्रमण बढी देखिने गरेको छ। असोजसम्म बढी जोखिम हुन्छ।’

जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, कीट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका जोशीले बताए।

तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको छ। निर्देशनालयको तथ्यांकले पहाडी जिल्लामा पनि डेङ्गुको जोखिम बढेको देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढेको छ। उनले भने, ‘लामखुट्टे पहाडमा पनि देखिन थालेपछि पहाडी जिल्लामा पनि सङ्क्रमण बढ्दै गएको छ। पहाडी जिल्लामा पनि सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ।’

वर्षातमा दैनिकरूपमा डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण देखापर्ने गर्छन्।

यसका साथै गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ।

Related Posts

म्याग्दीको जलविद्युत् मा नयाँ उपलब्धि, डेढ दशक अवरोध पार गर्दै राहुघाटबाट उत्पादन सुरु

म्याग्दीको जलविद्युत् मा नयाँ उपलब्धि, डेढ दशक अवरोध पार गर्दै राहुघाटबाट उत्पादन सुरु

November 27, 2026
कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

November 27, 2026
फोहोर अब समस्या मात्र होइन, ऊर्जाको स्रोत बनाउने महानगरको योजना

फोहोर अब समस्या मात्र होइन, ऊर्जाको स्रोत बनाउने महानगरको योजना

November 27, 2026

History of Apple

November 26, 2026

Discussion about this post

ताजा सामाग्री

म्याग्दीको जलविद्युत् मा नयाँ उपलब्धि, डेढ दशक अवरोध पार गर्दै राहुघाटबाट उत्पादन सुरु

म्याग्दीको जलविद्युत् मा नयाँ उपलब्धि, डेढ दशक अवरोध पार गर्दै राहुघाटबाट उत्पादन सुरु

November 27, 2026

  ११ मंसिर २०८३, शुक्रबार काठमाडौं । निर्माण सुरु भएको करिब डेढ दशकपछि म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत्...

कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

November 27, 2026

  ११ मंसिर २०८३, शुक्रबार काठमाडौं । देशभर अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमानअनुसार शुक्रबार कोशी र...

फोहोर अब समस्या मात्र होइन, ऊर्जाको स्रोत बनाउने महानगरको योजना

फोहोर अब समस्या मात्र होइन, ऊर्जाको स्रोत बनाउने महानगरको योजना

November 27, 2026

  ११ मंसिर २०८३, शुक्रबार काठमाडौं । टेकुस्थित लामो समयदेखि बन्द रहेको जैविक फोहोर प्रशोधन प्लान्टको बिहीबारदेखि परीक्षण उत्पादन सुरु...

History of Apple

November 26, 2026

The Founding Years Apple was founded on April 1, 1976, by Steve Jobs, Steve Wozniak, and Ronald Wayne in Cupertino,...

Recent Posts

  • म्याग्दीको जलविद्युत् मा नयाँ उपलब्धि, डेढ दशक अवरोध पार गर्दै राहुघाटबाट उत्पादन सुरु
  • कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
  • फोहोर अब समस्या मात्र होइन, ऊर्जाको स्रोत बनाउने महानगरको योजना
  • History of Apple
  • History of Apple

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In