२०८० साउन १२, शुक्रबार
काठमाडौं। अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
एक टेलिभिजनसँगकाे अन्तर्वातामा हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताए पछि उनि बिरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए।
नेपालमा मामा र फुपुका छोराछोरीबीच विवाह हुने गलत प्रचलन रहेको भन्दै उनले त्यसलाई रोक्नुपर्ने अभिव्यक्ति दिएपछि विवाद उपन्न भएको थियो । अन्य समुदाय लगायत तामाङ, मगर समुदायमा यो प्रचलन रहेको र आफूहरुको संस्कृतिलाई अपमानित गरेको भन्दै पाण्डेको आलोचना गरिरहेका छन् ।
उनीमाथि जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएकाे छ र पक्राउ पुर्जी जारी भए लगतै पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
श्रोत : खबरदैनिक
Discussion about this post