• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, May 13, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मण्डली कहिले ब्युँझन्छ ?

by Bhuvan Devkota
April 7, 2015
in Articles

यो प्रश्न म नेपालको मण्डली, त्यसका अगुवाहरू र विभिन्न तहका नेतृत्वमा रहेकाहरूलाई गर्दै छु। समयले हामीलाई वास्तविकताबाट गलहत्याउनुअघि नै हामीले परिवर्तनकारी हस्तक्षेप नगरे नेपालको मण्डलीको भविष्यमा प्रश्न उठ्नेछ। परमप्रभुसँग सबै कुराको लागि विकल्प छ भन्ने विश्वास दरिलोगरी मनमा रहेकै अवस्थामा यो प्रश्नले हाम्रो आंखा खोलिदेला भन्ने मेरो हार्दिक चाहना छ।

zbhubanधेरैको मनले ठम्याए पनि वा नजाने पनि नेपाली समाजले विकराल रूप दिंदै छ। यसका केही उदाहरणहरू यहाँ भएका पत्रिकाका कपी हुन्। यो त सामान्य उदाहरण मात्रै हो, योभन्दा डरलाग्दो स्थिति समाजले देखिसकेको छ।
यसरी सबैले यो कुरा स्वीकारिरहेका छन् कि समाज र यसका भागहरूमा विकृतिले जरा गाडिरहेको छ। नेपाली विद्वत्वर्ग त चुपचाप सुतेको छ। अँध्यारोमा चम्कनुपर्ने प्रभु येशूको मण्डली पनि कानमा तेल हालेर बस्नु अर्को ठूलो खतरा हो।
नेपालको मण्डली नुन र ज्योति बन्नुपर्ने कुराको खाचो हिजोभन्दा आज धेरै भएको छ। नेपाली युवापुस्ता र नेपाली ख्रीष्टियान युवापुस्ता पनि यसरी ब्रि्रेको देख्दा हाम्रो मन किन रुँदैन?
धेरै युवाहरूलाई मण्डली वा प्रभुका छोराछोरीले चेला नबनाएको कारणले शैतान र शरीरले चेला बनाएर लगिसक्यो। गर्भपतन, समलिंगी, लागुऔषधीजस्ता डरलाग्दा कुराहरू धेरै युवाहरूको लागि प्रिय बन्दै छ। लेखकले केही समयअघि बोलेको युवा क्याम्पमा आएका प्रश्नका नमुनाहरूः c यी प्रश्नहरू प्रश्नहरू मात्रै होइनन्, तर युवाहरूका हृदयका पुकारा हुन्।
uयुवा र त्यही उमेरका विद्यार्थीहरूको लागि काम गर्ने दर्शन भएका संस्थाहरूको आँखा कहिले उघ्रन्छ?
तिनीहरूले अहिलेको युवा पुस्तालाई नबुझी २० वर्षघिको तरिकाले काम गरेको कारणले पनि युवा पुस्ताले आफूलाई आधुनिक प्रविधिमा ल्याउन सकेको छैन। यसरी बनेको फाटोको प्रतिउत्तर दिने काम मण्डलीले अहिले नै नगरे भोलिको मण्डली कस्तो बन्नेछ त?
कहिलेसम्म हामी नेपाली युवाहरू मासिक २००० वा त्यस्तै तलबमा घोटिइरहने? मण्डलीले युवाहरूलाई नेपालमै स्वावलम्बी भएर प्रभुको सेवा गरेको देख्ने रहर गर्दैन त? मण्डलीमा स्नातक गरेका युवाहरू किन पाइं“दैन ? उनीहरूलाई प्राबिधिक शिक्षा र व्यावसायिकतामा कहिले डोर्याउने हो ?
नेपालबाहिर बेलायत, हङकङ, सिङ्गापुर, जापान, अमेरिका, अष्ट्रेलिया आदि देशहरूमा रहेका नेपाली ख्रीष्टियान युवाहरूले प्रविधिको विकासलाई मण्डलीमार्फ देशमा भित्र्याउन सक्दैनन् र?
मण्डलीले जुनसुकै शिक्षालाई मान्नु भनेको परमेश्वरको वचनलाई सम्झौता गर्नु होइन र? अन्य धर्मशास्त्रलाई पनि बाइबलको बराबरी मान्यता दिने कार्य पनि सम्झौताको एउटा रूप हुन सक्छ। बाइबललाई जीवनको प्रमुख निर्देशक मान्न धेरै युवाहरूलाई गाह्रो काम बन्दै छ। दैनिक बाइबलसँग जिउने अभ्यासभन्दा बाइबलको पछि धेरैजना लुक्न थालेका छन्।
युवाहरूको बीचमा काम गर्नेहरूको व्यक्तिवादी चरित्र, व्यक्तिलाई होइन, उद्देश्यलाई ठूलो ठान्ने प्रवृत्ति, युवाहरूको खाँचो र चाहना के हो भनेर बुझ्न चासो नदिने अत्यन्तै गैह्रजिम्मेवारी मनोदशा पनि अहिलेको समस्याको एउटा कारण हो। युवा क्याम्प तथा सभा-सम्मेलनहरूमा यौन, हस्तमैथुन, मिडिया, इन्टरनेट, भिडियो गेम, स्पाइडरम्यान संस्कृति, कार्टुन आदि विषयहरूलाई प्रवेश नगराउनुले सचेतनाभन्दा गोलमाल ल्याएको छ। उनीहरू यो विषयमा खुल्ला कुरा गर्न चाहन्छन् भन्ने कुरा मलाई एउटा युवा क्याम्पमा सोधिएको कुराले पनि प्रष्ट देखाउँछ। धेरै किशोरकिशोरीहरूलाई भिडियो गेमले मार र अघि बढ (Kill and go ahead) भन्ने शिक्षा र मनोवृत्तिमा ढाल्न थालेको छ।
अहिले ख्रीष्टियान किशोरकिशोरीलाई धेरै मन पर्ने गीत चिहानकी परी… भन्ने हो, जुन किचकन्नेको लागि गाइएको हो। उनीहरूले के घोषणा गर्दै छन्? रक म्युजिकभित्र शैतानको कति ठूलो शक्ति छ भन्ने कुराको चर्चामा तलका हरफहरू प्रमाण बन्नेछन्ः
“Most of it [rock music] is used as a vehicle for anti?Christian propaganda” (Graham Cray, appendix to J. & M. Prince, Time to Listen, Time to Talk, cited in Pop Goes the Gospel, p. 86).
“Rock and roll is the darkness that enshrouds secret desires unfulfilled, and the appetite that shoves you forward to disrobe them” (Timothy White, Rock Lives, p. xvi).
“But now, ‘Good Rockin’ Tonight,’ you know what that means. I had my mind on this girl in the bedroom. I’m not going to lie to you. Listen, man, I wrote them kind of songs. I was a dirty cat” (Roy Brown, composer of “Good Rockin’ Tonight,” 1948, cited by Rock & Roll an Unruly History, p. 15).
“Rock and roll was something that’s hardcore, rough and wild and sweaty and wet and just loose” (Patti Labelle, cited in Rock Facts, Rock & Roll Hall of Fame and Museum, p. 17). “Sex, violence, rebellion—it’s all part of rock ‘n’ roll” (John Mellencamp, Larson’s Book of Rock, p. 170).
“I am in music business for sex and narcotics,” Glenn Fry, Eagel Band. अब पनि अबेर गरे मण्डलीको भविष्यमा ठूलो प्रश्न तेर्सिन सक्छ।
आऔं, हामी हातेमालो गरौं र नेपाली समाज र मण्डलीलाई असल युवाशक्ति दिन कम्मर कसौं।
मण्डलीबाहेक कसैले यो बारेमा प्रयास गर्नु त्यति सहज छैन। यो पङ्क्तिकार युवाहरूको पक्षमा मण्डलीसँग सहकार्य गर्न तयार छ।

Republished in new layout 6/2013

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In