असार २१, २०८० बिहीबार
बाँके ॥ नेपालगंज कारागारमा बिगत तीन वर्ष देखि कैद सजाय भोग्दै आएका जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले यो घटनाको बारेमा जानकारी दिएका हुन् । घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको कुरा पनि उनले बताए ।
Discussion about this post