बुधबार, असार १३, २०८०
काठमाडौँ ॥ गत शनिबार, असार ९ गते संचालन भए जस्तै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार,असार १६ गते पनि फ्रि कार्डियोलोजी ओपिडी संचालन गर्ने भएको छ।
सर्वसाधारणहरुको अत्यधिक सहभागिता र मागका कारण अस्पतालका मुटुरोग विशेषज्ञ डा. शिवजी सिलवाल नेतृत्वको टिमले आगामी शनिवार पनि पुनः मुटुरोगसम्बन्धी निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको हो।
नेपालीहरुमा पछिल्लो समय मुटुसम्बन्धी समस्या बढ्दो छ। यही कुरालाई मध्यनजर गरी फ्रि कार्डियोलोजी ओपिडी सञ्चालन भइरहेको हो।
शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी सञ्चालन हुने अस्पतालले एक विज्ञप्ति जारी गरी जनाएको छ। निःशुल्क ओपिडीमा सहभागिताका लागि अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ र मोवाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिनेछ।
Discussion about this post