बुधबार, असार १३, २०८०का
काठमाडौँ ॥ ग्रीन कार्ड होल्डर दुलाहाले मागेजति दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने निर्णय गरेका अनुराग रौनियारलाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरी दुहवी नगरपालिका- ६ स्थायी घर भएका र हाल काठमाडौं महानगरपालिका- १३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार अमेरिकी ग्रीन कार्ड प्राप्त व्यक्ति हुन्।
मागेजति दाइजो नपाएको र जन्तीलाई स्वागतसमेत नभएको भन्दै विवाह रद्द गरेको जानकारी पाएलगत्तै प्रहरी त्यहाँ पुगेको थियो। दुई पक्षबीच दाईजोका विषयमा विवाद भएको थियो।
बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजोको डिमाण्ड गरेको थियो। तर उक्त दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने अडान बेहुला पक्षले गरेका थिए। साथै बेहुलीलाईसमेत हातपात गरी बेइज्जत गरेपछि बेहुलालाई प्रहरी वृत्त मालीगाउँले नियन्त्रणमा लिएको थियो।
उक्त विवाहमा विवाह खर्चवापत केटा पक्षले पटक–पटक गरी २२ लाख रुपैयाँसमेत लिएको प्रारम्भिक अनुसन्धानमा खु्लेको छ।
उक्त घटनाको सम्बन्धमा पक्राउमा परेका रौनियार उपर विवाहसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post