सोमबार, असार ११, २०८०
काठमाडौँ ॥ माहाकवि मार्ग काठमाडौँ स्थित सफ्टवेरिका कलेजले ‘ह्याक द बक्स’सँगको सहकार्यमा ‘क्याप्चर द फ्लाग बुटक्याम्प २०२३’ कार्यक्रम सम्पन्न गरेका छ।
साइबर सुरक्षा योग्यता र ज्ञान बढाउने उद्देश्य रहेको यस कार्यक्रममा सहभागी विद्यार्थीहरूले वास्तविक–विश्वसँग मिल्ने साइबर सुरक्षा परिदृश्यहरू जस्तै ह्याकर र डिफेन्डरहरू जस्तै सोच्ने र आफ्नो सीपहरू विकास गर्ने आवसर पाएका थिए।
यस कार्यक्रममा सम्मानित अतिथि वक्ताहरू र ह्याक द बक्स मिटअप मेन्टरहरु शिशिर सुवेदी, निर्मल थापा, सन्तोष भण्डारी र समिप पोखरेलको उपस्थिति रहेको थियो।
दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरूका लागि आयोजना गरिएको उक्त प्रतियोगितामा लगभग १५० सहभागीहरूले भागलिएका थिए ।
सफ्टवेरिका कलेज उच्च गुणस्तरको शिक्षा प्रदान गर्न र आईटी र कम्प्युटिङको निरन्तर विकसित क्षेत्रको लागि विद्यार्थीहरूलाई तयार गर्न समर्पित एक प्रसिद्ध शैक्षिक संस्था हो र उक्त कलेजले विद्यार्थीहरूलाई आफ्नो करियरमा उत्कृष्ट बनाउन आवश्यक व्यावहारिक शिक्षा र उद्योग अनावरणमा ध्यान केन्द्रित गर्दै, यसैसँग सम्बन्धित सीप र ज्ञान प्रदान गर्ने कलेजले जनाएको छ।
Discussion about this post