असार ९, २०८० शनिबार
मकवानपुर : भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो जाँदा ललितपुर र हेटौँडा जोड्ने कान्तिलोकपथको यातायात सेवा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।
अरु बैकल्पिकबाटाहरु मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित प्रमुख जिल्ला अधिकारी नेतप्रसाद शर्माले बताए।
यो लोकपथ ०१३ सालमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले शिलान्यास गरि ट्रयाक खोलिएको थियो । ललितपुर र हेटौँडा जोड्ने छोटो सडकमार्ग कान्तिलोकपथ ६६ वर्ष हुदा पनि निर्मणाधीन अवस्थामा नै छ ।
Discussion about this post