२०८० आषाढ, २ शनिवार
काठमाडौँ ॥ नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको आज भएको भेटमा नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले व्यवसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् ।
महासङ्घ अध्यक्ष चन्द्र प्रसाद ढकालले नवनियुक्त मुख्य सचिव डा अर्याललाई बधाइ दिदैँ विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताए ।
महासङ्घले निजी क्षेत्रको मर्यादाक्रमको बिषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकोमा अध्यक्ष ढकालले जोड दिए । यस बिषयमा मुख्य सचिवले गृह मन्त्रालयसँग समन्वय गर्ने पनि बताए ।
त्यस्तै, जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगर उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने गरि व्यवस्था गर्नुपर्ने सुुझाव अध्यक्षले राखे।
भेटका अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारको निजी क्षेत्रबारे प्रष्ट नीति हुनुुपर्नेमा जोड दिए । महासङ्घका उपाध्यक्षहरू सुरकृष्ण वैद्य र हेमराज ढकालले बढदो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यवसायिक लागत घटाउन सरकारले पहल गनुपर्ने बताए ।
Discussion about this post