बुधबार ३१ जेठ, २०८०
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । मंगलबार बिहान बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका उनी बुधबार बिहान ८ बजे डिस्चार्ज भएका हुन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई चौबीस घन्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जनाएका छन् ।
अहिले राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ । मंगलबार बिहान ११ बजे उनलाई असहज भएपछि गंगालाल अस्पतालमा लगिएको थियो ।
Discussion about this post