जनकपुर | शनिबार बिहान सवा ९ बजे जनकपुर बाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
उक्त जहाज साढे ८ बजे जनकपुरमा पुगेकोथियो र ९ बजे फर्किने बेलामा ४९ जना यात्रु बोर्डिङ भइसकेकाको कुरा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौंबाट इन्जिनियरको टोली जनकपुर जाने तयारीमा छन्। इन्जिनियरहरूले जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने उनले बताए। जहाजमा मुसा देखिनु सुरक्षाको दृष्टिकोणबाट खतरनाक मानिन्छ किनकी मुसाले तार काटेको अवस्थामा जेपनि हुन् सक्छ ।
जहाज त्यहीँ राखेर यात्रुलाई अर्को जहाजबाट ल्याउने तयारी भइरहेको निरौलाले बताए।
Discussion about this post