तनहुँमा र चितवन भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना मंगलबार सम्पन्न भयो। बारामा मतगणना जारी छ। उपनिर्वाचनमा तनहुँ र चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन्।
बागमती प्रदेश अन्तर्गत चितवन प्रतिनिधिसभा सदस्य उपनिर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५४ हजार १७६ मतसहित विजयी हुनुभयो। उहाँ ४२ हजार ९६२ भारी मतान्तरले विजयी हुनुभएको हो। उपनिर्वाचनमा उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गर्नुभयो।
गण्डकी प्रदेश अन्तर्गत तनहुँ प्रतिनिधिसभा क्षेत्र नम्बर १ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले १४ हजार ७९७ फराकिलो मतान्तरले विजयी हुनुभयो। वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो। वाग्ले नेपाली कांग्रेस परित्याग गरेर चैत १६ गते मात्र रास्वपा प्रवेश गर्नुभएको हो।
Discussion about this post