• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, January 11, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एसिसी प्रिमियर कप : नेपालले ओमानलाई ८४ रनले हरायो

सन्दिपको ४२औं खेलमा १०० विकेटको रेकर्ड

by Sushil Paudyal
April 21, 2023
in Game

शुक्रबार ०८ बैशाख, २०८०

एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो भने आज समूह ‘ए’ मा रहेको नेपालले ओमानलाई ८४ रनले हराएको छ ।

पहिलो ब्याटिंग गरेको नेपालले आफ्नो ८ विकेट गुमाई ओमनलाई ३ सय ११ रनको लक्ष्य दिएकोमा ओमान ४६.३ ओभरमा २ सय २६ रनमै अलआउट भयो ।

ओमानलाई २२६ रनमै समेट्नेक्रममा स्पिनर सन्दीप लामिछानेले ८ ओभरमा ४५ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । याेसँगै उनले ओडिआईमा छिटो १ सय विकेट लिने रेकर्ड बनाए । सन्दीपले ४२ खेलमा १ सय विकेट पूरा गरेका हुन् त्यस्तै, ओमानविरुद्ध करण केसीले ८.३ ओभरमा ६२ रन दिँदै ३ विकेट नै लिए । दीपेन्द्र सिंह ऐरीले दुई र ललितनारायण राजवंशीले एक विकेट हात पारे ।

ओडिआईमा नेपालले कुनै पनि टोलीलाई दिएको यो अहिलेसम्मकै विशाल योगफल थियो । यसअघि नेपालले ओडिआईमा उच्च स्कोर आइसिसी विश्वकप लिग–२ मा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध बनाएको थियो । अघिल्लो महिना त्रिवि मैदानमा भएको उक्त खेलमा नेपालले २ सय ९७ रन बनाएको थियो ।

ओमानलाई कीर्तिमानी लक्ष्य दिनेक्रममा युवा अलराउन्डर कुशल मल्लले विस्फोटक शतकीय इनिङ खेले । ६४ बलको सामना गरेका उनले १० छक्का र ९ चौकासहित १०८ रन बनाए । कुशलले ५९ बलमा शतक पूरा गरेका थिए ।

योसँगै उनी अब एकदिवसीयमा सर्वाधिक छिटो शतक बनाउने नेपाली ब्याटर बनेका छन् । यसअघि ओडिआईमा छिटो शतक बनाउने नेपाली ब्याटरको रेकर्ड कुशल भुर्तेलको नाममा थियो । उनले गत वर्ष पिएनजीविरुद्ध ९१ बलमा शतक बनाएका थिए । भुर्तेलको रेकर्ड अब मल्लले तोडेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट करियरमा उनको यो पहिलो शतक हो । त्यस्तै, ओमानविरुद्ध अर्का अलराउन्डर सोमपाल कामीले अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ९ चौकाको मद्दतमा अविजित ६३ रन बनाए । एकदिवसीयमा दोस्रो अर्धशतक बनाएका सोमपालको यो उच्च स्कोर हो ।

यस्तै, भीम सार्कीले ३३, आरिफ शेखले २९ र कप्तान रोहित पौडेलले २३ रन जोडे । करण केसीले १५ बलमा २ चौका र १ छक्कासहित अविजित २९ रनको योगदान   दिए । ओमानका लागि अयान खानले दुई, जतिन्दर सिंह, अकिब इलियास, जीशान मक्सूद, कलीमुल्लाह, बिलाल खान र फैयज बटले एक/एक विकेट लिए ।

Related Posts

आई सी सी क्रिकेटको  डेब्यूमै सतक पुर्याउने पहिलो खेलाडी

आई सी सी क्रिकेटको डेब्यूमै सतक पुर्याउने पहिलो खेलाडी

February 25, 2025
पूजा महतोको शानदार प्रदर्शन, यूँ-१९ टी-२० विश्वकपमा सर्वाधिक विकेट”

पूजा महतोको शानदार प्रदर्शन, यूँ-१९ टी-२० विश्वकपमा सर्वाधिक विकेट”

January 24, 2025
सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुने

सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुने

December 12, 2024
नेपाल प्रिमियर लिग (NPL) २०२४ को धमाकेदार शुरुआत, खेलाडी र दर्शकहरूको उत्साह छायो

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण आजदेखि सुरू हुँदै

November 30, 2024

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In