• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, December 12, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मानश्री पुरस्कार बाट डा. पुन र वसुन्धराश्री पुरस्कार बाट डा. रुइत लाई सम्मान गरिने

by Sushil Paudyal
April 20, 2023
in News & Events

६ बैशाख २०८०, बुधबार

विसं २०८० को मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने साथै वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत लाई प्रदान गरि सम्मान गरिने भएको छ ।

स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ चिकित्सक डा. रुइतलाई विसं २०८० को वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा यही वैशाख ६ गते बसेको विशेष बैठकले निर्णय गरेको हो ।

त्यसैगरी विसं २०८० को मानश्री पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ वैज्ञानिक श्री डा महावीर पुनलाई प्रदान गर्ने निर्णय गरेको हो ।

विसं २०११ माघ ९ गते म्याग्दी जिल्लाको नाँगीमा जन्मिएका डा. पुन नेपालमा शिक्षा, सञ्चार प्रविधि र विज्ञानको विकासमा पुर्याएको अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौँ सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भइसकेका छन् साथै विसं २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङ्गोलामा जन्मिएका डा. रुइतले तिलगङ्गा आँखा अस्पताल एवं सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गरेका छन्। रुइत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषणलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन ।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे विसं २०५७, वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट विसं २०५८, वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ विसं २०५९ वरिष्ठ समालोचक यदुनाथ खनाल विसं २०६०, वरिष्ठ आख्यानकार मदनमणि दीक्षित विसं २०६१, वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा विसं २०६२, वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई विसं २०६३, वरिष्ठ कवि मोहन कोइराला विसं २०६४, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी विसं २०६५, वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान विसं २०६६, वरिष्ठ कवि वैरागी काइँला विसं २०६७, वरिष्ठ कवि धर्मराज थापा विसं २०६८, वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी विसं २०६९, वरिष्ठ चित्रकार शशि शाह विसं २०७०, वरिष्ठ कलाकार श्री हरिप्रसाद रिमाल विसं २०७१, वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ विसं २०७२, वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री विसं २०७३, वरिष्ठ समालोचक प्रा.डा. तारानाथ शर्मा विसं २०७४, वरिष्ठ गायक प्रेमध्वज प्रधान विसं २०७५, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ २०७६, वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतम विसं २०७७, वरिष्ठ लोकगायक कुमार बस्नेत विसं २०७८ र वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईं विसं २०७९ लाई प्रदान गरेको छ ।

त्यसैगरी प्रज्ञा–प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी विसं २०५७, साहित्यकार विनय रावल विसं २०५८, नाटककार अशेष मल्ल विसं २०५९, गजलकार ज्ञानुवाकर पौडेल विसं २०६०, साहित्यकार मञ्जुल विसं २०६१, कथाकार मधुवन पौडेल विसं २०६२, कवि विष्णुविभु घिमिरे विसं २०६३, कवि कृष्णभूषण बल विसं २०६४, कथाकार भुवन ढुङ्गाना विसं २०६५, कथाकार सनत रेग्मी विसं २०६६, कवि विजय बजिमय विसं २०६७, समालोचक डा. रामदयाल राकेश विसं २०६८, कथाकार डा. वेञ्जु शर्मा विसं २०६९, चित्रकार किरण मानन्धर विसं २०७०, कलाकार नीर शाह विसं २०७१, गायक दीप श्रेष्ठ विसं २०७२, साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ विसं २०७३, साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली विसं २०७४ गायक भक्तराज आचार्य विसं २०७५, कलाकार हरिवंश आचार्य विसं २०७६, साहित्यकार सरुभक्त विसं २०७७, गायिका मीरा राणा विसं २०७८ र कलाकार थानबहादुर रावल विसं २०७९ लाई प्रदान गरेको छ ।

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In