बिहीबार ३० चैत, २०७९
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त गरेनन् ।
दोस्रो चरणको निर्वाचन हुनुअघि सहमतिको प्रयास सफल भएपछि वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएको घोषणा गरिएको हो ।
पहिलो चरणको त्रिपक्षी प्रतिस्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई थिए । पहिलो चरणबाट संघई बाहिरिएपछि बिहीबार अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन तय भएको थियो ।
महासंघको विधानअनुसार यसअघिका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।
बुधबारको निर्वाचनमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भए भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।
Discussion about this post