चैत २३, २०७९ बिहिबार
प्रधानमन्त्री प्रचण्डलाई भेट गरी विभिन्न जनवर्गीय सङ्गठनहरू किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधि मण्डलले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्रीसमक्ष हार्दिक अनुरोध गरिएको छ ।
Discussion about this post