• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, January 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने

by Sushil Paudyal
April 5, 2023
in News & Events

२२ चैत २०७९, बुधबार

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ। “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो।

सन् २०२२ मा पाँच दशमलव आठ प्रतिशत अनुमान गरिएको नेपालको आर्थिक वृद्धिदर यसवर्ष थप खस्किने प्रक्षेपण गरिएको हो।

“कसिलो मौद्रिक नीति, घट्दो आन्तरिक बजार माग, अपर्याप्त कोभिड महामारी पुनरुत्थानका कार्यक्रम र विश्वव्यापी रुपमा देखिएका समस्याको असर नेपालको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा देखिनेछ”, एडिबीले भनेको छ।

नेपालको पर्यटन क्षेत्र र रेमिट्यान्स आप्रवाहमा विश्वव्यापी आर्थिक मन्दीको प्रत्यक्ष असर देखिन सक्ने एडिबीले जनाएको छ। त्यस्तै, पुँजीगत खर्च बढ्न नसक्नु, नतिजा केन्द्रित लगानी योजना नहुनु, वित्तीय व्यवस्थापनमा समस्या हुनु र आयोजना कार्यान्वयनका लागि पूर्व तयारीका काममा धेरै समय लाग्नुलाई न्यून आर्थिक वृद्धिदरको कारणका रुपमा देखाइएको छ।

नेपालको अर्थतन्त्रमा बढी योगदान भएका कृषि, सेवा, उद्योग क्षेत्रलगायतको वृद्धिदरमा यसवर्ष गिरावट आउने अनुमान एडिबीको छ। “सन् २०२२ मा दुई दशमलव तीन प्रतिशत अनुमान गरिएको नेपालको कृषि क्षेत्रको वृद्धिदर यसवर्ष दुई प्रतिशतमा खुम्चिनेछ। त्यस्तै, सेवा क्षेत्र चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण छ”, एडिबीको प्रतिवेदनमा भनिएको छ।

सन् २०२२ मा सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव नौ प्रतिशत अनुमान गरिएकोमा यसवर्ष एक दशमलव पाँच प्रतिशत विन्दुले घट्ने प्रक्षेपण गरिएको हो। उच्च ब्याजदर, केही वस्तुमा आयात प्रतिबन्धको नीति, गार्हस्थ्य खपतमा गिरावट र बाह्य वस्तुको उपभोगका कारण औद्योगिक क्षेत्रको वृद्धिदर खुम्चने अनुमान एडिबीको छ।

त्यस्तै घरजग्गा कारोबार र खुद्रा व्यापार क्षेत्रले अर्थतन्त्रमा पु-याउने योगदानको वृद्धिदर पनि घट्ने अनुमान छ। सन् २०२३ मा नेपालले उच्च मूल्यवृद्धिको सामना गर्नुपर्ने अनुमान एडिबीको छ। यसवर्ष मूल्यवृद्धि सात दशमलव चार प्रतिशतसम्म पुग्ने अनुमान छ। सन् २०२२ मा नेपालको मूल्यवृद्धि छ दशमलव तीन प्रतिशत रहने अनुमान गरिएको थियो।

अर्को वर्ष अर्थात् सन् २०२४ मा भने नेपालको मुद्रास्फीति केही नियन्त्रणमा आएर छ दशमलव दुई प्रतिशतमा कायम रहने अनुमान गरिएको छ। त्यस्तै, यसवर्ष सरकारको चालु खाता घाटा चार प्रतिशतले खुम्चने अनुमान गरिएको छ।

एडिबीले सन् २०२३ मा एसियाली मुलुकको औसत आर्थिक वृद्धिदर चार दशमलव आठ प्रतिशत र औसत मुद्रास्फीति चार दशमलव दुई प्रतिशत रहने अनुमान गरेको छ।

केही समयअघि मात्र विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने जनाएको थियो।

उक्त प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२२/२३ मा पाँच दशमलव एक र २०२३/२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।

(खबर दैनिक बाट)

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In