आइतबार, फागुन २८, २०७९
२०७४ साल फागुन २९ गते निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ।
उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्।
राष्ट्रपति विद्यादेवी भण्डारी बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा छिन् । उनको निजी निवासको मर्मत सम्भार सकिएको छ l
गत फागुन २५ गते नयाँ राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेलले सोमबार शपथ लिने कार्यक्रम छ भने शपथ लिएसँगै उनी निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन्।
Discussion about this post