विहीबार, १८ फागुन २०७९ ll बुधबार राति भएको प्रिमियर लिग फुटबल खेलमा लिभरपुलले उल्भ्सलाई २–० गोल अन्तरले हराएको छ l जितमा मोहमद सलाहको र भान डाइकको एक एक गोलको योगदान रह्यो l
पहिलो हाफमा गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गरेको हो । खेलको ७३ औं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको ७७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।
जितसँगै लिभरपुलले २४ खेलमा ३९ अंक जोडेर तालिकाको छटौं स्थानमा छ । पराजित उल्भ्स २४ अंक जोडेर १५ औं स्थानमा छ ।
Discussion about this post