१४ औं पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा आयोजना हुने भएको छ ।
१४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप– २०२३ भारतमा गर्ने निर्णय गरेको हो ।
यस संस्करणको साफ च्याम्पियनसिपमा ७ राष्ट्रले सहभागिता जनाउदै छन् । अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएको थिएन ।
Discussion about this post