फागुन २०७९, बुधबार ll नेपाल रास्ट्रिय क्रिकेट टोलिका खेलाडी सन्दीप लामिछाने र विकेटकिपर अर्जुन साउद इंग्ल्यान्ड क्रिकेट बोर्डले आयोजना गर्ने द हन्ड्रेड (एक सय बलको खेल) लिग क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन l
ड्राफ्टमा कुल ३ सय ६८ खेलाडीको नाम रहेको छ। जसमा नेपालबाट सन्दीप र अर्जुन साउद परेका छन् । यी दुवै खेलाडीले आफ्नो मूल्य भने तोकेका छैनन् । ड्राफ्ट २३ मार्चमा हुनेछ ।
अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले १ लाख २५ हजार पाउन्ड स्टर्लिङ सर्वाधिक बढी मूल्य राखेका छन् । त्यस्तै पाकिस्तानका क्रिकेटर बाबर आजम र शाहिन शाहअष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले १ लाख २५ हजार पाउन्ड स्टर्लिङ सर्वाधिक बढी मूल्य राखेका छन् । त्यस्तै पाकिस्तानका क्रिकेटर बाबर आजम र शाहिन शाह अफ्रिदीले एक लाख पाउन्ड स्टर्लिङ मूल्य राखेका छन् ।
अर्जुन यस प्रतियोगितामा पहिलोपटक छनोट भएका हुन् भने सन्दिप लामिछाने २०२० मा पहिलो संस्करणको द हन्ड्रेडमा ओभल इन्भिन्सिबल्समा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका थिए ।
प्रतियोगितामा बर्मीङ्घम फिनिक्स, लन्डन स्प्रिरिट, नर्थर्न सुपरचार्जर्स, ओभल ईन्भिन्सिबल्स, म्यानचेस्टर ओरिजिनल्स, साउर्थन ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर छन् ।
Discussion about this post