बुधबार, १७ फागुन २०७९ ll विशेष अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र कांग्रेस सांसद तथा पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको
छ l विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित शालिग्राम कोइराला र बलभद्र बास्तोलको संयुक्त इजलासले यो निर्णय गरका हुन् l
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा मुद्दा दायर गरेकोमा चार वर्षपछि बल्ल फैसला आएको हो ।
भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरी सरकारलाई हानी नोक्सानी पुर्याएको अभियोग उनीहरूमाथि थियो ।
अख्तियारको अनुसन्धानले ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको देखाएको थियो ।
दोषी ९ जना मध्धे समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव, सदस्यहरू मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपानेमाथि पनि हुन् । एसका साथै सरकारी जग्गामा सञ्चालित फनपार्कका प्रमुख सञ्चालक रवीन्द्र गुरुङलाई पनि सजाय हुने भएको छ ।
सफाई पाउने हरुमा रत्नबहादुर गाहा, बलबहादुर स्वार, मदनप्रसाद रिजाल, प्रेमसिंह धामी र जगदेव चौधरी छन l
मुद्दा दायर भएको चार वर्ष हुँदा पनि सो जग्गामा गुरुङले नै व्यवसाय चलाउँदै आएका छन् । आयोगले तत्काल सम्झौता तोड्न परिषद्लाई पत्राचार गरे पनि जिल्ला अदालतको आदेशका आधारमा उनले व्यवसाय गर्दै आएका हुन् । सो मुद्दाको फैसला नहुँदासम्मका लागि भन्दै जिल्ला अदालतले आदेश दिएको आधारमा उनले प्रयोग गर्दै आएका हुन् । अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि सम्झौता तोड्न र नयाँ ठेक्का लगाउन कोषलाई बाटो खुलेको छ ।
Discussion about this post