काठमाडौं, माघ १० :
मंगलवार सत्तारुढ गठबन्धनमा सहमति जुटेपछि आज कर्णाली प्रदेश र वाग्मती प्रदेशमा मन्त्रिरिषद् विस्तार हुने यी दुई प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाउने भएको हो।
कर्णालीका सत्तारुढ दलबिच मन्त्रालय भागबन्डामा मंगलवार सहमति भएको थियो। सहमतिअनुसार सत्ता साझेदार दलको प्रमुख घटक नेकपा (माओवादी केन्द्र) ले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने भएको छ। त्यस्तै, एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले केसीले जानकारी दिइन्।
यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा सात मन्त्रालय बनाउने विषयमा सत्तारुढ दलभित्रै विवाद भएको थियो।
११ वटा मन्त्रालय सहित वाग्मती प्रदेश सरकारले पनि आज पूर्णता पाउने भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको थियो।
प्रदेशको मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारमा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई सहभागी नगराइने र एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने सहमति भएको छ।
Discussion about this post