काठमाडौँ : जर्मनीको लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मनीको विदेश मन्त्रालय अन्तर्गत दक्षिण एसिया विभागका उपमहानिर्देशक इरिक कुर्जवेलबीच नेपाल र जर्मनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा बर्लिनमा छलफल भएको छ ।
जर्मनीस्थित नेपाली दूतावासका अनुसार नेपालको आर्थिक बिकासको प्रयासमा जर्मनीबाट प्रत्यक्ष वैदेशिक लगानीको मात्रामा वृद्धि, व्यापारिक एवं व्यावसायिक सम्बन्ध विस्तार, प्रविधि र ज्ञान हस्तान्तरण तथा सन् २०२२ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति तथा सन् २०३० मा मध्यम आययुक्त मुलुकका रुपमा नेपाललाई स्थापित गर्न जर्मनीको सहयोग महत्वपूर्ण हुने विषयमा छलफल भएको थियो ।
Discussion about this post