
काठमाडौं : आज बिहानैबाट कर्णाली प्रदेशको जुम्ला लगायत हिमाली जिल्लामा हिउँ परेको छ ।
यसपटक हिउँ नपर्दा हिँउदेवाली लगाउन नपाउने हो कि भन्नेमा कृषकहरु चिन्तित थिए। हिँउ परेपछि उनीहरु खुसी भएका छन्।

जुम्लाको सदरमुकाम खलङ्गा बजार पनि हिउँले ढाकिएको छ। जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन्। बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। वर्षा र हिमपातका कारण चिसो बढेको छ। चिसोका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ। यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्। लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसान बोहराले बताए।




















Discussion about this post